पूर्व सचिव भीम उपाध्याय र दुई पूर्व सचिवका विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर
काठमाडौँ, फाल्गुन ६
मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पूर्वसचिवहरू सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरूमाथि छ । आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन् l
सचिवहरूमा क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी पेश भएको छ l
त्यस्तै परामर्शदाताहरू तथा निर्माण कम्पनी विरुद्ध पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप-पत्र दायर भएको अख्तियारले बताएको छ l
स्मरणीय पूर्व सचिव भीम उपाध्याय सामाजिक संजालमा अत्यतै चर्चामा रहने पात्र हुन् l विसंगति र वेथिति उजगार गर्न र आपदमा परेकालाई सहयोग गर्न उपाध्यायले सामाजिक संजालको अधिकतम उपयोग गरेका छन् l विभिन्न जानकारी पस्कने र भ्रष्टाचार विरुद्द क कसलाई कहिले मुद्धा दर्ता भएको जानकारी समेत हिजोसम्म भीम उपाध्यायको फेस बुकबाट आइरहेको छ l
फोटो: भीम उपाध्यायको सामाजिक सन्जालबाट साभार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...