अधिकार अब खोसेर लिने बेला भयो, दलितहरू एकताबद्ध भएर लडौं

काठमाडौं
'समता समाज नेपाल'ले काठमाडौँको अनामनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा दलित समुदायले उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईको आवश्यकता भएको वक्ताहरूले धारणा राखेका छन् । शनिबार राजधानीको संवाद डबलीमा समता समाज नेपालले 'समाजवादी आन्दोलनमा दलित विमर्श' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले ६० लाखको विशाल बाहुल्यता भएको दलित समुदाय एक हुने सुत्र खोज्नुपर्ने कुरामा जोड दिएका छन् l
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका सचेतक रणसिंह परियारले दलितले आफ्नो अधिकारको लागि एकजुट नहुँदा उत्पीडन खेप्नु परेको बताएका छन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका परियारले जुनसुकै पार्टीमा रहेपनि दलित अधिकारको लागि एकीकृत भएर लड्नु पर्ने धारणा राखेका छन् । परियारले १३ सयभन्दा बढी दलितले वर्तमान परिवर्तनका खातिर जनयुद्धमा बलिदान गरेर ल्याएको आजको व्यबस्थामा पनि दलितहरुले कहाली लाग्दो उत्पीडन खेप्नु परेकोमा दुःख व्यक्त गरे ।
पहिचानवादी नेता आङ्काजी शेर्पाले देशमा विशाल संख्यासहितको बाहुल्यता भएको दलित समुदाय एकजुट नभएका कारण अधिकारबाट वन्चित भएको तर्क गरे । शेर्पाले अधिकार मागेर नभई बरू खोस्नु पर्ने बताउँदै ” नेपालमा जतिसुकै परिवर्तन आए पनि आदिवासी–जनजाति र दलितलाई हर्ष न विस्मात ! परिवर्तनको फलको भोग चलन बाहुनले मात्र एकलौटी पारेको आरोप लगाए l
हरेक पार्टीमा दलितहरू भाग खानलाई बस्नु गलत भएको बताउँदै भने,“तपाईहरु काँग्रेस,माओवादी र एमालेका झोले भएर बसे कहिल्यै अधिकार पाउनु हुन्न, तपाईहरूले पनि पार्टी खोल्नुस भनेर सुझाव दिए l
पूर्व राजदूत डा.निर्मल विश्वकर्माले नेपालका कम्युनिस्टहरूले साम्यवादको नारा दिएर लडे पनि संघर्षपछि उनिहरू सामन्ति व्यवस्थाका पूजारी भएको आरोप लगाएका छन् । विश्वकर्माले संविधानमा समाजवाद उन्मुख भनिए पनि त्यतातिर भन्दा उल्टो तिर लागेको जिकीर गरे । कम्युनिस्टहरू ले जसको जोत उसैको पोत भन्ने नारा दिएपनि झन उनिहरू सत्ता र शक्तिमा पुगेर नवसामन्त र जमिन्दार बन्ने गरेको आरोप लगाए ।
जनता समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य चन्देश्वर पासवानले एकल ब्राह्मणवादी नेपाली समाजको रुपान्तरणको लागि चाँडै मधेशमा बिद्रोह हुने चेतावनी दिए । संयूक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले २००३ सालदेखि नेपाली कांग्रेस र ६ सालदेखि कम्युनिस्टको नाममा हिन्दु वर्णाश्रम व्यवस्थाको कारण दलित उत्पीडनको जाँतोमा पिसिरहेको बताए ।
समता समाज नेपालका अध्यक्ष गोपाल बहादुर वि.क. थापाले मनुवादी जात व्यवस्थाको कारण दलित समुदाय सबैभन्दा बढी मारमा परेको बताए । विकले २१औं शताब्दीमा जनावरको अधिकार रक्षाको कुराको कुरा उठिरहँदा दलितलाई त्यो भन्दा मुनिको ब्यवहार खेप्नु दुर्भाग्य भएको बताए ।त्यसैले नलडी हुन्न भन्नेमा गोपालको निस्कर्ष थियो l
समता समाजका उपमहासचिव मनिस बर्देवाले स्वागत मन्तव्य राख्दै भने समाजवाद उन्मुख संविधान बनाए पनि त्यसको कार्यान्वयनका लागि पुनः दलित विद्रोहको आवश्यकता रहेको बताए । परिसंघ भारतका राष्ट्रिय सचिव अधिवक्ता सुनिल मेहरा भारतका भीमराव अम्बेडकर सम्पूर्ण दलित समुदायको लागि एक आदर्श पात्र भएको बताए । हामीसँग डाक्टर भीमराव जस्ता सपुत हुनुहुन्थ्यो भनेर हामी गर्व गर्छौ l आफ्नो अग्रज र आदर्शलाई सबैले गर्व गर्नुपर्छ l
भारतको परिसंघ दिल्लीका महासचिव डा.ओम सुधाले हिन्दुवादी जातिय वर्णव्यवस्थाको कारण सम्पूर्ण दलितले चाहे भारत या चाहे नेपालमा ठूलो कष्ट भोग्नु परेको बतए । भारतको भिमसैनिक दलका अध्यक्ष चन्दन कुमार पासवान आफूहरू ले भारत होस या नेपाल दुबै देशमा कथित उच र नीच जातीय व्यबस्थाबाट उत्पीडित जनताको लागि आवाज उठाईरहेको बताउँदै भने,'देश होस् चाहे विदेश सबैतिरका दलित एक भएर लड्नुको विकल्प छैन ।लडाईको लागि हातेमालो गरौ l'
श्रमिक जनता पार्टी अध्यक्ष दुर्गा बराईली जहिले पनि सत्ता र शक्तिमा ब्राह्मणहरू हावी हुँदा हुने र दलितलाई झनै उत्पीडन् दिने भएकोले लडाई त्यतैतिर सोझ्याउन जरुरी भएको बताए । तराई मधेश–महिला फाउण्डेसन नेपालकी अध्यक्ष सुनिता साहले हरेक दलित जागरुक बनेको खण्डमा वर्तमान उत्पीडनरूपी समाजको रुपरेखा बदल्न सकिने बताईन् । समता समाज नेपालका कार्यक्रम संयोजक प्रदिप घतालले दलितको योगदानबाट सत्तामा पुगेकाहरू मालिक बन्ने र पछि उनिहरूले वेवास्ता गर्ने भएकाले आफैले अधिकारको लागि लड्नुपर्ने धारणा राखे । आफ्नो अधिकारको लागि आफै लड्नुको विकल्प नभएकोमा घतालाको जोड थियो l सोही समारोहमा घतालले एक कार्यपत्र पनि प्रस्तुत गरेका थिए l
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...