चर्चित पत्रकार प्रेम बानियाँ राजनीतिमा भूमिका खोज्दै
काठमाडौँ, फाल्गुन, ५
'स्वाभिमान विद्रोह' शीर्षकमा नागरिक दवाव, विकल्प र भविष्य सहितको शब्दावली क्वाइन गर्दै काठमाडौँको होटेल उडल्याण्ड दरवार मार्गको हलमा प्रेम बानियाँको अग्रसरतामा एउटा कार्यक्रम र छलफल भएको छ l उक्त छलफलमा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह १५ पटक सगरमाथा आरोहण गर्ने टेण्डी शेर्पा, अभियन्ता निगम हुमागाईलगायत समाजका विभिन्न क्षेत्रमा विशिष्ट पहिचान निर्माण गरेका व्यवसायी, पत्रकार र वौद्धिक व्यक्तित्वहरूसँग अन्तरक्रिया भएको थियो l
राजनीतिमा हस्तक्षेप बढाउने उदेश्यले 'नागरिक दवाब, विकल्प र भविष्य' शब्दमा जोड दिए पनि अन्ततः उदेश्य विस्तारै औपचरिक राजनीतिमा प्रवेश गर्ने मनसाय रहेको देखिनन्छ l यद्दपि अभियानका प्रमुख प्रेम बानियाँ नागरिक दवाब कमजोर रहेकोले अर्ग्यानिक नागरिक दवाव सिर्जना गरेर राजनीतिको बेथिति र सिस्टम बेगर चल्ने राजनीतिलाई सिस्टममा चल्न दवाब दिने उदेश्य सहित काम गर्न लागिएको बताउँछन् l हामीसँग थुप्रै सम्भावना चुनौती र ब्राण्डहरू छन् तिनको उचित प्रसार प्रचार गरेर देशलाई स्वाभिमान युक्त बनाउने कर्तव्य र अधिकारमा उत्तिकै सजक नागरिक बनाउनेतर्फ हाम्रो अभियान अग्रसर हुने भनाइ प्रेमको रहेको छ l
कार्यक्रमका सहभागीहरूले विकल्प सर्वोत्तम र भविष्य उज्यालो सङ्केत गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिंदै प्रेम बानियाँलाई नेतृत्व गरेर अगाडि बढन सल्लाह दिएका थिए l हाललाई एउटा लुज फोरमबनाएर काम गर्दै जाने र क्रमशः औपचारिक राजनीतिमा जोडिनु पर्नेमा सहभागीहरूको मतैक्य थियो l जय स्वाभिमानको ब्राण्ड बनाएर पत्रकारिता गर्ने प्रेम बानियाँ सात वर्ष अमेरिका बसेर फर्किएका नेपाली टेलिभिजन पत्रकारिताका चर्चित अनुहार हुन् l अमेरिकाबाट फर्केपछि नेपालकै होचो भूमि झापा जिल्लाको कचन कवलबाट संसारकै अग्लो सगरमाथाको बेसक्याम्पसम्म पुष्कर शाहलगायतसँग पदयात्रा गरेका थिए l विश्वमा अन्यत्र कहीं नभएका तर हाम्रो भूमिमा मात्र भएका विश्वस्तरीय सम्पदालाई ब्राण्ड बनाएर अर्थोपार्जन गर्ने तर्फ देशले नीति बनाएर जानुपर्नेमा हाम्रो ध्यान जान जरुरी रहेको तर्क गर्छन् प्रेम l
पदयात्राको क्रममा भुइँका मान्छेहरूलाई छोएर अन्तरक्रिया गर्दै प्रेम हिंडेको कुरा पुष्कर शाह बताउँछन् l विचार निर्मितिको सवालमा छलफलमा छौं l छलफल,अन्तरक्रिया, अनुभव आदानप्रदानले ज्ञान निर्माण गर्न सहयोग पुर्याउँछ l हामीलाई देशको स्वाभिमान बृद्धि गर्ने र नागरिकको आत्मवल बढाउने काम गर्ने हुटहुटी छ, हामी त्यही शिलशीलामा भेला भएका हौँ akabarey.कम सँगको भेटमा प्रेमको स्पष्टोक्ति थियो l 'हाम्रो विद्रोह भनेको रचनाताम्क र सिर्जनात्मक हुनेछ l हामी ध्वंसको होइन निर्माण गरेर विद्रोह गर्छौ l'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...