अभियन्ता प्रसाईले आज काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने
फाल्गुन, १
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको तर्फबाट आज काठमाडौँको मुटु भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुँदैछ l दिनको १२ बजे गरिने कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई पानसमा बत्ती बालेर कार्यक्रम उदघाटनको प्रचार गरिए पनि गत आइतबार नै ज्ञानेन्द्र शाह काठमाडौँ बाहिर गएको जानकारी प्राप्त भएको छ l
यद्धपि प्रसाई र उनका समर्थक पूर्वराजा आउनेमा विश्वस्त भएर नै प्रचारप्रसार गरिरहेका छन् l
दुर्गा प्रसाईको राजनीतिक गतिविधिमा कमल थापाको समर्थन रहेको छ भने राप्रप्रा अध्यक्ष राजेन्द्र लिङदेनसँग माघ २९ गते भेट गरेको र समर्थन मागेको फोटो प्रसाईले सार्वजनिक गरेर उनको पनि समर्थन रहेको प्रचार गरिरहेका छन् l
प्रसाई व्यवस्था बदलेर राजा सहितको नयाँ व्यवस्थाको परिकल्पना गर्दै आन्दोलनरत छन् l बैंक, सहकारी, र लघुवित्तले गरेको ठगीबारे प्रसाईको आपत्ति र आन्दोलन छ l
फोटो : राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानको तर्फबाट जारी सार्वजनिक आव्हानबाट साभार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...