अभियन्ता प्रसाईले आज काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

फाल्गुन, १
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको तर्फबाट आज काठमाडौँको मुटु भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुँदैछ l दिनको १२ बजे गरिने कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई पानसमा बत्ती बालेर कार्यक्रम उदघाटनको प्रचार गरिए पनि गत आइतबार नै ज्ञानेन्द्र शाह काठमाडौँ बाहिर गएको जानकारी प्राप्त भएको छ l
यद्धपि प्रसाई र उनका समर्थक पूर्वराजा आउनेमा विश्वस्त भएर नै प्रचारप्रसार गरिरहेका छन् l
दुर्गा प्रसाईको राजनीतिक गतिविधिमा कमल थापाको समर्थन रहेको छ भने राप्रप्रा अध्यक्ष राजेन्द्र लिङदेनसँग माघ २९ गते भेट गरेको र समर्थन मागेको फोटो प्रसाईले सार्वजनिक गरेर उनको पनि समर्थन रहेको प्रचार गरिरहेका छन् l
प्रसाई व्यवस्था बदलेर राजा सहितको नयाँ व्यवस्थाको परिकल्पना गर्दै आन्दोलनरत छन् l बैंक, सहकारी, र लघुवित्तले गरेको ठगीबारे प्रसाईको आपत्ति र आन्दोलन छ l
फोटो : राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानको तर्फबाट जारी सार्वजनिक आव्हानबाट साभार
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...