अभियन्ता 'ई'को पैदल यात्राको आज तेस्रो दिन
फाल्गुन, १
गरिब, सडक व्यवसायी र अनौपचारिक क्षेत्रका बासिन्दाले भोग्नु परेका समस्या सरकारलाई सुनाउन सामाजिक अभियन्ता ‘ईः’ ले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणबाट सिंहदरबार पदयात्रा सुरु गरेका छन् । ईःसँगै अर्का अभियन्ता चाउ पदयात्रामा सहभागी छन् । दुवै अभियन्तालाई लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले खादा ओढाएर माघ २८ गते बिदाइ गरेका थिए ।
बुद्धको करणाको संदेश सरकार समक्ष पुर्याउन मायादेवीबाट पदयात्रा सुरु गरिएको अभियन्ता ईःले जानकारी गराएका छन् । यात्राका क्रममा बाटोमा पर्ने ग्रामीण क्षेत्र र सहरमा रहेका सडक व्यवसायी र अनौपचारिक क्षेत्रमा आवद्ध व्यक्तिसित छलफल र अन्तर्क्रिया गरेर समस्या संकलन गरिने अभियन्ता ईःले जानकारी दिएका छन् । ‘करुणा र सहानुभूतिका संदेश सिंहदरबारसम्म पुर्याउन चाहन्छौं,’ ईःले भने, ‘९ दिनसम्म हिंडेर फाल्गुन ७ गते सिंहदरवार पुग्ने बताएका छन् l
आज पैदल यात्राको तेस्रो दिन पूर्वी नवलपरासीदेखि दुम्कीवास पुग्ने निर्धारित कार्यक्रम रहेको कुरा पैदलयात्री चाउले जानकारी दिएका छन् l यात्राको क्रममा सडकमा भेटिएका मान्छेहरूसँग संवाद गर्दै दुख सुखका कुरा गर्दै समस्या र समाधानका उपाय बारे विमर्श गर्दै हिँडेको चाउको भनाइ छ l
सहरी गरिबको व्यवस्थापन गर्न सरकारले निर्देशन दिनुपर्ने, सहरी गरिबको पक्षमा कार्यक्रम ल्याउनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि कानुन संसोधन गर्न अनुरोध गर्ने लगायतका मागहरू छन् । यस अघि पनि आमरण अनशन, सिंहदरवारमा रातो मसी फाल्ने काम, काठमाडौँ महानगर अघि १९९ घण्टा उभिएर धर्ना र पदयात्रा जस्ता कार्यक्रम गर्दै आइरहेकाअभियन्ता हुन् ‘ई' l पदयात्राको सम्पूर्ण फोटोहरू चाउले उपलब्ध गराएका हुन् l
पैदलयात्रीद्वारा जारी लुम्बिनी सिंहदरवार ९ दिने पदयात्राको अपिल र कार्यक्रमहरू यस प्रकार छन् :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...