अभियन्ता 'ई'को पैदल यात्राको आज तेस्रो दिन

फाल्गुन, १
गरिब, सडक व्यवसायी र अनौपचारिक क्षेत्रका बासिन्दाले भोग्नु परेका समस्या सरकारलाई सुनाउन सामाजिक अभियन्ता ‘ईः’ ले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणबाट सिंहदरबार पदयात्रा सुरु गरेका छन् । ईःसँगै अर्का अभियन्ता चाउ पदयात्रामा सहभागी छन् । दुवै अभियन्तालाई लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले खादा ओढाएर माघ २८ गते बिदाइ गरेका थिए ।
बुद्धको करणाको संदेश सरकार समक्ष पुर्याउन मायादेवीबाट पदयात्रा सुरु गरिएको अभियन्ता ईःले जानकारी गराएका छन् । यात्राका क्रममा बाटोमा पर्ने ग्रामीण क्षेत्र र सहरमा रहेका सडक व्यवसायी र अनौपचारिक क्षेत्रमा आवद्ध व्यक्तिसित छलफल र अन्तर्क्रिया गरेर समस्या संकलन गरिने अभियन्ता ईःले जानकारी दिएका छन् । ‘करुणा र सहानुभूतिका संदेश सिंहदरबारसम्म पुर्याउन चाहन्छौं,’ ईःले भने, ‘९ दिनसम्म हिंडेर फाल्गुन ७ गते सिंहदरवार पुग्ने बताएका छन् l
आज पैदल यात्राको तेस्रो दिन पूर्वी नवलपरासीदेखि दुम्कीवास पुग्ने निर्धारित कार्यक्रम रहेको कुरा पैदलयात्री चाउले जानकारी दिएका छन् l यात्राको क्रममा सडकमा भेटिएका मान्छेहरूसँग संवाद गर्दै दुख सुखका कुरा गर्दै समस्या र समाधानका उपाय बारे विमर्श गर्दै हिँडेको चाउको भनाइ छ l
सहरी गरिबको व्यवस्थापन गर्न सरकारले निर्देशन दिनुपर्ने, सहरी गरिबको पक्षमा कार्यक्रम ल्याउनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि कानुन संसोधन गर्न अनुरोध गर्ने लगायतका मागहरू छन् । यस अघि पनि आमरण अनशन, सिंहदरवारमा रातो मसी फाल्ने काम, काठमाडौँ महानगर अघि १९९ घण्टा उभिएर धर्ना र पदयात्रा जस्ता कार्यक्रम गर्दै आइरहेकाअभियन्ता हुन् ‘ई' l पदयात्राको सम्पूर्ण फोटोहरू चाउले उपलब्ध गराएका हुन् l
पैदलयात्रीद्वारा जारी लुम्बिनी सिंहदरवार ९ दिने पदयात्राको अपिल र कार्यक्रमहरू यस प्रकार छन् :
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...