कम खराब नै आजको उत्तम विकल्प - सञ्जीव कार्की

सबै कुरा नयाँ राम्रो र असल, पुरानो सबै खराब र कमसल यो भाष्य गलत छ l पुरानो अनुभव र त्यागले भरिपूर्ण नयाँमा ज्ञान र सिपको अभाव नयाँ र पुराना सबैमा छन्, राम्रा नराम्रा बुढा र तन्नेरी दुवै हुन्छन् l बस् सिक्नु र जान्नु पर्ने विषय पुरानाको खराबीलाई नयाँले आफ्नो पदचाप नबनाउनु र पुरानाको असल पक्षको कट्टर पक्षपाती हुनु हो l नयाँको जोशलाई पुरानाको होसले सार्थक परिणतिमा पुर्याउन मदत गर्दछ l
अनुहार,उमेर र स्वरमा नयाँ नभएर आजको राजनीतिले शैली,चिन्तन, व्यवहार र संस्कारमा नयाँ खोज गरेको छ l यसर्थ विकल्प हो तर पुरानाको विकल्प नयाँ होइन l नयाँ,नयाँ हुनुपर्छ l समाजलाई हेर्ने, सामाजिक समस्यालाई निराकरण गर्ने, असन्तोष र विद्रोहलाई सम्बोधन गर्ने दार्शनिक धरातल सुस्पष्ट हुनुपर्छ l फरक तरिकाले डेलिभरी गर्ने नीति तथा कार्यक्रम बन्नुपर्छ l पुरानाले गरेनन् अब नयाँ र हामीले भन्ने कुरा अनुहारमा पुस्तामा फरक होला तरिकामा फरक नहुन सक्छ l त्यसैले नयाँ हुनु भनेको पृथक अनुहार उही प्रवृत्ति किमार्थ होइन ? नयाँ नयाँ हो l हुनुपर्छ / बन्नुपर्छ l
आजको समय गहन दर्शन र वैचारिकिको मात्रै होइन डेलिभरीको पनि हो l पब्लिकलाई दिने सेवा र सुविधा चुस्त,दुरूस्त र शीघ्र डेलिभरीको हो l दर्शन र वैचारिकी मात्रले केही हुँदैन l नाङ्गो आङमा कपडा, भोको शरीरमा, खाद्यान र चुहिने छानोमा जस्ता सहित दीगो लक्ष्य र सरल मार्ग अनि व्यवस्थित प्लानिङ् सहितको विकास निर्माण सभ्यता र संस्कार आजको राजनीतिको मूल प्रस्थानविन्दु हो l
नैतिक र चारित्रिक क्षयीकरण रोक्ने पाठ्यपुस्तक, रोजगारमूलक शिक्षा,विरामी हुँदा घर खेत गुमाउनु पर्ने अवस्थामा परिवर्तन सहितको स्वास्थ्य क्षेत्रमा परिवर्तन आजको माग हो l समयलाई सम्बोधन गर्न सक्ने नुतन वैचारिकी समाजले खोजेको छ l कर्मशील,निष्ठावान र इमान्दार राजनीति मार्फत सुशासन चाहेको छ l विधिको पक्षमा काम गर्ने नेता खोजेको छ l
सार्वजनिक सेवा किन निकम्मा भए ? सार्वजनिक सेवाले डेलिभरी दिन नसक्नुको प्रयाप्त कारण खोजेर शीघ्र उपचारात्मक प्रवन्ध देशलाई चाहिएको छ l यो वाद दर्शन र सिद्धान्तको युग नभएर डेलिभरीको युग हो l स्थानीय आवश्यकता र अवस्थितिलाई सम्बोधन गर्ने स्वायत्त अधिकार उपयोगको समय हो l विगतको व्यवस्था परिवर्तन,योगदान र सक्रियताको ब्याज जीवन पर्यन्त भोग्ने लालसाको त्याग पुराना दलको हकमा अत्यावश्यक छ l
जेल नेल, निर्वासन र भूमिगत जीवनको बायोग्राफी कै आधारमा एउटा पुस्ता योग्य र अर्को पुस्तालाई नजानिँदो निषेधले पुराना दलमा नयाँ अनुहारको आकर्षण कम देखिएको छ l नयाँलाई हामी नयाँ हौ जे पनि गर्न मिल्छ र सक्छौं भन्ने इलुजन पलाएको छ l नयाँको सवै स्वीकार्य र पुरानाको सबै अस्वीकार्य भन्ने सोच सर्वथा अनुपयोगी छ l पुरानाबाट सिक्ने र नयाँलाई सिकाउँदै स्पेश दिने बानी बुढा र पुराना पुस्ताका नेताले गर्नुपर्छ l नयाँ ज्ञान र विमर्शलाई निषेध गर्ने चेतमा परिवर्तन आवश्यक छ l
राजनीतिमा नयाँ जोश सहित आएकालाई कतिपय प्रक्रिया,विधि र सामाजिक अनि राजनीतिक भ्यालू बारे कम ज्ञान छ l यसर्थ राजनीतिक ज्ञानको मार्ग फराकिलो गर्नुपर्ने आवश्यकता नयाँको लागि चुनौती हो l ज्ञान,सिप र अनुभव बेगर रूची र साहसले मात्रै कोही पनि सगरमाथा आरोहण गर्न सफल हुँदैन l आरोहणका पनि आफ्नै प्राकृतिक नियमहरू हुन्छन् l आरोहण सफल भनेको शिखर पुग्नु मात्रै होइन सहज अवतरण पनि हो l सगरमाथा शिखरमा पुगेर खुर्मुरिएकाहरू, खर्पसमा भासिएकाहरू सफल आरोही होइनन् l आधार शिविर हुँदै सगरमाथा आरोहण गरिन्छ र अवतरणको सुरक्षित मार्ग पनि यही हो l
सत्ताको विद्रूप खेल खेल्नेबाट सत्ताको ताल चावी खोस्नु छ यसमा कुनै शंका छैन तर चावी खोल्न सक्नेले खोस्नु पर्छ l खोस्नेले खोल्न नसक्न पनि सक्छ यस कुरामा हेक्का जरूरी छ l खोस्दैमा सबै कुरा हुन्न चाबी खोल्ने सिप पनि उत्तिकै आवश्यक हुन्छ l
हाम्रो समस्या चाबी खोस्नेले ताला खोल्छ भनेर सतप्रतिशत विश्वास गर्नु पनि हो l शङ्काको सुविधा नदिई विश्वास गर्ने बानीले हामीलाई धोका भएको छ l हामी ईश्वरीय अवतारको रूपमा कसैलाई विश्वास गर्छौ l कसैको उदयलाई सम्झन्छौ l जुन आजको समयमा धोकाको शिकार बन्ने बाटो हो l अत आलोचनात्मक चेत सहित समर्थन र विरोध गरौ l विश्वासमा चोट परेपछि शारीरिक चोटभन्दा धेरै पीडा हुन्छ l नयाँ पार्टी सबैको लागि चुनौती हो यसमा दुई मत छैन तर सबै समस्याको जादुगरी समाधान ऊ एक्लै होइन l नयाँ पार्टी अरूका लागि मात्र नभएर आफ्नै लागि पनि चुनौती हो l नयाँको लागि आफ्नै व्यवस्थापन प्राथमिक चुनौती हो भने अन्य चुनौती द्वितीय l
नयाँले व्यक्तिलाई भन्दा प्रणालीलाई जोड दिनुपर्छ l पोलिसी र प्रयोगलाई प्राथामीकिकरण गर्नुपर्छ l यद्दपि प्रणाली निर्माण गर्ने काम नेतृत्वदायी व्यक्तिका कदम कदममा निहित हुन्छन् l भुइँ छाडेर फुकिदिने उटपट्याङ् गफ कान्तिपुरले एक पटक रसेन्द्र भट्टराइको (२०६० कार्तिक २ ) छापेको थियो l त्यसलाई धेरैले केही समय पत्त्याए पनि l काल्पनिक भ्रमको आयु छोटो हुन्छ l आजको डिंङ् हाँक्ने राजनीति पनि अनुजाको (अनुजा बानियाले ९१ लाख र हिराको हार फिर्ता गरेको २०६८ बैशाख ) इमान र नेपाली समाजको भावनात्नक लहड जस्तै छ l आँखा चिम्लेर विश्वास गर्ने, आलोचनात्मक चेत राखेर प्रश्न गर्यो भने नाजायज सम्झनेको सपनाले देश बन्दैन, मात्र होइन पटक्कै बन्दैन l अनुजाको इमान पुरस्कृत गर्न तत्कालीन प्रधानमन्त्री र राष्ट्रपतिको कम्पिटिसन नै भएको थियो l जबकि साधन र स्रोत सम्पन्न सरकारी निकाय वास्तविकताको पहिचान ग्रण नसकी भावनात्मक लहडमा बहकियो र अन्त्यमा झुठको पुल खुल्यो र राष्ट्रपति र प्रधानमन्त्रीको बधाई दिने हानथापको धज्जी उड्यो l हाम्रो सरकारी संयन्त्रको विश्वसनीयतामा प्रश्न चिन्ह ठडियो l पत्रकारिताको हैसियत र सतह जानियो l
रसेन्द्र भट्टराईको आश्चर्यजनक आर्थिक उन्नति,प्रगति र अनुजा बानियाको इमान्दार छविमा पुलकित भएर हुर्केको र भावनात्मक बनेर बहकिएको देख्ने हामी आज कसैको चमात्कारिक जित र हारमा आँखा चिम्लेर विश्वास गर्न सक्दैनौ l हाम्रो पुस्ता २०६४ मा माओवादीको आशातीत सफलता र मधेशवादीको बहार देखेर राजनीतिको विश्लेषण मुल्याङ्कन गर्ने क्षमता राख्दछ l ०६४ सालको संविधानसभाको चुनावमा डाक्टर बाबुराम भट्टराईले ४० हजार भन्दा बढी मतान्तरमा चुनाव जितेको पनि बिर्सेको छैन l मदन भण्डारी र विद्या भण्डारीले २०४८ र २०५० मा कृष्णप्रसाद भट्टराईलाई पालैपालो चुनाव हराएको पनि बिर्सेको छैन l २०६४ मा केपी ओली र माधव नेपाल दुई ठाउँबाट नेकपा माओवादी केन्द्रका साधारण कार्यकर्ताद्वारा पराजित भएको दृश्य पनि आँखैमा राख्ने पुस्ताले चुनावका अनेकन परिणाम पढेको सुनेको र देखेको छ l आज रवि लामिछानेले पनि बाबुरामको त्यो रेकर्ड ब्रेक गरेका छन उपचुनाव मार्फत् l ९३ हजार १ सय ४९ मत प्राप्त गरी राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद) सदस्यमा शेरे धनुषा भनेर उपनाम पाएका हेमबहादुर मल्ल विजयी भएका थिए । आफूमात्र अत्याधिक मतका साथ विजयी भएनन्, आफ्नी श्रीमती शारदा मल्ललाई पनि हेमबहादुरले विजयी बनाएर राष्ट्रिय पञ्चायतमा पुर्याए । दुर्भाग्य तिनै व्यक्तिको जमानत २०४८ को संसदीय चुनावमा जफत हुन् पुग्यो l राजनीतिमा जितहारकोको यो उतार चढाव, मतभारको यो राजनीति नियाल्दै राजनीतिको मार्ग तय गर्नु जरुरी छ l
जो जसरी नेता भए पनि ऊ सामाजिक चेतना र व्यवहारको उपज हो, उत्पादन हो l विशेष धातु निर्मिति विशेष वस्तु होइन l हुँकार गर्नेको नैतिक धरातल बलियो हुनुपर्छ l अनैतिकले धेरै ठूलो हुँकार प्रदर्शन गर्छ l नैतिक सामान्य हुँकार ?.नागरिकतालाई कागतको विषय र भावनाको विषय मात्रै बनाउने दुवै अतिवादी हुन् l नागरिकता भावना र कागत मात्रै होइनन् जन जनको आफ्नो ममत्व र माटोप्रतिको माया देशप्रतिको कर्तव्य र अविश्रान्त लगाव हो l कागज प्राविधिक कुरा मात्र होइन भने प्रक्रियाको प्राविधिक त्रुटी अक्षम्य अपराध बन्दैन l तथापि वस्तुनिष्ठ बन्न जानिएन भने फन्दामा परिन्छ l कानुनले भावना र व्यवहारिकता हेर्दैन,प्रमाण र कानुनी प्रवन्ध हेर्छ, त्यसैले बहकिन छोडेर यथार्थ धरातलमा बस्न जान्नु पर्छ l
हजारौं बलिदान, हजारौं अङ्गभङ्ग, घाइते बनेर, सयौं बेपत्ता पारिएर, रगत, पसिना, लडाइँ,जेलनेल भूमिगत जीवन, भागदौड र मृत्यु कि मुक्ति भनेर हिंडाएको माओवादीले सत्ता प्रवेश गर्दा नगर्दै आफ्नो आधारभूत चरित्र गुमाएर सुख भोग, सत्ता भोग र अवसरवादको भुलभुलैयामा हजारौं नेताकार्यकर्तालाई भसायो । २०६४ ताका माओवादी को थिएन ? माओवादीको बाख्रो देख्दा पनि मान्छेको सातो जान्थ्यो मुटु काम्थ्यो l माओवादीले नगर्न सक्ने कुरा के थियो ? माओवादीले देखाउन बाँकी सपना कुन थियो र ? प्रचण्ड, बाबुरामको देवत्त्वकरण गर्दा छुटेका कुनै विम्ब ,प्रतीक र मानकहरू थिएनन् l चमत्कारको भाष्य सिर्जना गर्न कुनै कसर छोडिएको थिएन l
रिजल्ट कस्तो आउँदै गयो जग जाहेर छ l २०७४ को चुनाव पछिको ओली क्रेज र नेकपाको शक्तिले धेरै विपक्षीलाई अत्याएको थियो l सामान्य मान्छे चुचे रेल र पानी जहाजको सपनामा पुलकित थिए l ओलीले जनतालाई नदेखाएको कुनै सपना थिएन । दुई तिहाईको सरकारको सामर्थ्यले अरू तीन चार आवधिक निर्वाचन नेकपाबाट कसैले खोस्न सक्दैन भन्ने जनजनको बुझाई थियो l समय यसरी फेरियो कि ती सबै राजनीतिक घटनाक्रमबाट कोही अनभिज्ञ छैनौं l
लहड, लहर,वेग र आक्रोशको मत थाम्न नयाँ पार्टीले थुप्रै ढुङ्गा चपाउने र पचाउने क्षमता सहित राजनीतिको रथ हाँक्नुपर्छ । पार्टी नेताकार्यकर्तालाई बेस्सरी प्रशिक्षण दिएर फलामे अनुशासनमा राख्नु पर्छ । सबैको घर,व्यवहार र अनुहारमा पारदर्शी ऎना राख्नुपर्छ । अन्यथा ॠतुहरू परिवर्तन भइ रहन्छन् । राप र तापलाई इनर्जी बनाएर राजनीतिको फ्रेममा हाल्न सकिएन, वैचारिक पाइन लाउन सकिएन भने दुर्घटना कसैको बसमा रहन्न l
अरूले गर्न नसकेको उसले गर्न सक्दैन भन्ने होइन, तर जादुको छडी कसैसँग छैन l राज्यको पनि सामर्थ्यको कुरा आउँछ l व्यक्तिभन्दा प्रणाली बलियो बनाएर जानु सबैभन्दा उत्तम विकल्प हो l एउटा व्यक्तिलाई अतृप्त सपनाका सबै भारी उठाउन लगाइयो भने सही निस्कर्ष ननिस्कने सम्भावना बेस्सरी हुन्छ l कदाचित व्यक्ति दुर्घटनामा परे पलायन रोजे पनि उसको मुद्दा र अभियान असमयमा मृत्यु वरण गर्ने स्थितिमा पुग्नु हुन्न l राजनीति भेल बाडी होइन, गड्गडाएर सुकी जाने खहरे पनि होइन l अविरल बगी रहने नदी हो l राजनीतिको नदी सङ्गलो र धमिलो भैरहन्छ यो एउटा प्रक्रिया हो l नदी सङ्गलो बनाउने प्रयत्न भने यथासम्भव गरिरहनु पर्दछ l
पुरानोको विकल्प होइन विस्थापन l नयाँ मान्यता,शैली,नीति, नेता र नियत पनि ? नयाँ अभ्यास l पुरानाहरू भिरमा पुगेर पनि फर्कन नजान्दा दुर्घटनामा परे l नयाँले गन्तव्य चुनाव मात्रै जित्ने, जसरी पनि जित्नुपर्ने राजनीति सचेत मान्छेले खोजेको होइन l उच्चतम आदर्श चाहिदैन न्युनतम नैतिकता ख्याल गरी दिए हुन्छ l अनुपस्थितिमा उपस्थितिको ग्यारेण्टी खोज्या हो l व्यक्तिलाई सम्बोधन नभएर मुद्दा र विषयलाई सम्बोधन भएन आजसम्म भन्ने सरोकार हो l व्यक्तिको प्रतिनिधित्व एउटा आवाज हो मुद्दाको प्रतिनिधित्व सामुहिक र वृहत्तर आवाज हो l
नयाँ पुरानोको विकल्प भनेको सुनिन्छ यो भाष्यमा पनि परिवर्तनको खाँचो देखिन्छ l पुरानोको ठाउँमा नयाँ होइन पुरानोको स्थानमा फरक सोच दीर्घकालीन योजना, नयाँ शैली शिल र स्वभाव पनि हो l दृष्टिकोण नै नयाँ हो, दृष्टान्त नै नयाँ हो l पुरानो बदलेर नयाँ नभएर पुरानै पनि नयाँ हुनु हो l खरावगर्ने मध्ये पनि सबभन्दा कम खराव रोज्नु र खोज्नु हो l कमजोरी नभएको वस्तु र चिज पाउन सकिन्न तर कम कमजोरी भएको चिज पाउन सकिन्छ l रोज्न सकिन्छ l
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l