अभियन्ता ‘ईः’ले सुरु गरेको पैदल यात्रा आज सुनवल -रामनगरमा
माघ, २९
सहरी गरिब, सडक व्यवसायी र अनौपचारिक क्षेत्रका बासिन्दाले भोग्नु परेका समस्या सरकारलाई सुनाउन सामाजिक अभियन्ता ‘ईः’ ले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणबाट सिंहदरबार पदयात्रा सुरु गरेका छन् । ईःसँगै अर्का अभियन्ता चाउ पदयात्रामा सहभागी छन् । दुवै अभियन्तालाई लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले खादा ओढाएर बिदाइ गरेका थिए ।
बुद्धको करणाको संदेश सरकार समक्ष पुर्याउन मायादेवीबाट पदयात्रा सुरु गरिएको अभियन्ता ईःले जानकारी दिए । यात्राका क्रममा बाटोमा पर्ने ग्रामीण क्षेत्र र सहरमा रहेका सडक व्यवसायी र अनौपचारिक क्षेत्रमा आवद्ध व्यक्तिसित छलफल र अन्तर्क्रिया गरेर समस्या संकलन गरिने अभियन्ता ईःले जानकारी दिएका छन् । ‘करुणा र सहानुभूतिका संदेश सिंहदरबारसम्म पुर्याउन चाहन्छौं,’ ईःले भने, ‘९ दिनसम्म हिंडेर सिंहदरबारसम्म पुग्ने बताएका छन् l
पहिलो दिन माघ २८ गते मायादेवीबाट रुपन्देहीको तिलोत्तमासम्म पुगेर विश्राम गर्दै आज माघ २९ गते पश्चिम नवलपरासीको सुनवल, रामनगर रहेको छ l सहरी गरिबको व्यवस्थापन गर्न सरकारले निर्देशन दिनुपर्ने, सहरी गरिबको पक्षमा कार्यक्रम ल्याउनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि कानुन संसोधन गर्न अनुरोध गर्ने लगायतका मागहरू छन् । यस अघि पनि आमरण अनशन, उभिएर धर्ना र पदयात्रा जस्ता कार्यक्रम गर्दै आइरहेका ‘ईः चर्चित अभियन्ता हुन् l ‘ईःलाई नौ दिन सम्म नै साथ दिने अर्का अभियन्ता चाउको प्रतिवद्दता छ भने बिच बिचमा स्थानीय अभियन्ता र साथीहरूको साथ् र सहयोग पनि मिलिरहेको र अन्तिमसम्म मिल्ने चाउको दावी छ l
पैदलयात्रीद्वारा जारी लुम्बिनी सिंहदरवार ९ दिने पदयात्राको अपिल र कार्यक्रमहरू यस प्रकार छन् :
पैदल यात्राका तस्बिरहरू चाउले उपलब्ध गराएका हुन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...