प्रहरीमा गर्भवती महिला प्रहरीको लागि छुट्टै पोसाक

काठमाडौं
प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ । देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको हो ।
पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।
गर्भवती महिला प्रहरीका निम्ति यसअघि छुट्टै पोसाक थिएन । आजको १२खरीले यो सामग्री छापेको छ l akabarey.com ले आफ्नो पत्रपत्रिका स्तम्भ अन्तर्गत यो सामग्री साभार गरेको छ l सामग्रीको लागि सम्बन्धित पक्षलाई धन्यवाद ज्ञापन गर्दछौ l
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।