देशका कुनै नेता बाँकी नरहलानजस्तो छ,जसले मेलम्ची उद्घाटन नगरेको होस्- रास्वपा सभापति लामिछाने
माघ, २१
विकासका मुद्दा कुनै दल विशेषको नभई देश र जनताको हुने भएकाले इच्छुक सबैको सहभागिता खुला गर्न रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’मा क्रममा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग नगर्ने निर्णय गरेको छ । तसर्थ, अभियानमा सहभागी हुनुहुने रास्वपाका नेतागण, सदस्य तथा शुभेच्छुकलाई पार्टी निर्णय कार्यान्वयन गर्न विशेष आग्रह गर्दछौ भन्दै रास्वपाले आजदेखि गर्ने दबाब यात्राको शुभारम्भ सिन्धुपाल्चोकको मेलम्चीबाट गर्यो l मेलम्चीमा रित्ता गाग्री सहित भएको प्रदर्शनीमा रास्वपा सभापति रवि लामिछानेले जान जीविकासँग कसैलाई राजनीति नगर्न आग्रह गरेका छन् l
दबाव यात्राको उद्घाटन कार्यक्रममा उनले भने:हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन । नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्यो। हाम्रो उद्देश्य यति हो। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्।
रास्वपा जनतासँग जोडेर सधैँ संसद्, समिति र सडक सबैतिर देखिने उनको जिकिर थियो l
यदि हामीले हजारौँ लाखौँ जनतालाई सडकमा उतारेर ठूलो आन्दोलन गरेको भए यसको प्रभावकारिता धेरै
बनाएर सही मान्छेलाई कुर्सीमा लिएर गए मात्रै सम्पन्न हुन्छ । आफ्ना सांसदहरू सहित मेलम्ची पुगेका रवि लामिछाने रास्वपाले मेलम्चीको मुहान अम्बाथानसम्म करिब २४ किलोमिटर दबाब यात्रा गर्न लागेको हो।
सरकारले खन्याएको पैसा ऋणको रूपमा हाम्रै थाप्लामा पर्ने हो। बाँध सार्दा ६–७ अर्ब रूपैयाँ लाग्ने देखिएको छ। त्यो पनि हाम्रै थाप्लामा पर्ने हो,’ उनले भने, अहिले सरकार अस्थायी तरिकाले पानी लाने र उद्घाटनमाथि उद्घाटन गरिरहेको छ। यो देशका कुनै नेता बाँकी नरहलानजस्तो छ, जसले मेलम्ची उद्घाटन नगरेको होस् भन्दै मेलम्ची पानीको पटक पटक उदघाटनप्रति लामिछ्नेको रोषयुक्त व्यङ्ग्य गरे l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...