काठमाडौं ।
गायिका नीता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् । गीतको भिडियो काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।
डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा ‘स्माईल’को संगीत र बिषम आचार्यको संगीत संयोजन छ । कुमार केसीले स्टुडियो फिलमा रेकर्डिङ गरेको गीतमा अशोक महर्जनको ध्वनि सम्पादन र मिश्रण छ ।
केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ । गीतको भिडियो निता आचार्यअफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l