गैरआवासीय नेपाली सङ्घ मध्यपूर्व क्षेत्रको ८ औँ क्षेत्रीय सम्मेलन हुने
सुरेश आश्रिन, कतार
गैर आवासीय नेपाली सङ्घ मध्यपूर्व क्षेत्रको ऐतिहासीक ८ औ क्षेत्रीय सम्मेलन यहि २५ जनवरी २०२४मा कतारको दोहामा अनलाइन जुममार्फत आयोजना गरिने जानकारी एनसीसी कतारले दिएको छ l गैरआवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी)को विधानले निदिष्ट गरे अनुसार हाल मध्यपूर्व भन्नाले खाडीका देश, मलेसिया र अफ्रिका समेत समेटिएको छ ।
यस क्षेत्रका एनआरएनएहरू आइसिसीको मुख्य भूमिकामा नरहेपनि गैरआवासीय अभियानमा सुरुवाती चरणदेखि नै अहम भुमिका खेल्दै आएका छन् । यस क्षेत्रका एन सी सी अध्यक्ष, तथा पदाधिकारीहरू, आइसिसी सदस्यहरूसँगको व्यापक छलफल पश्चात जुम अनलाईन मार्फत ८औँ क्षेत्रीय सम्मेलन कतारले गर्ने सहमति भएको र यसको जानकारी आइसिसीलाई गराइ आइसीसीबाट क्षेत्रीय सम्मेलन कतारले गर्नु भनी स्वीकृत पाइसकेको जानकारी गराउन चाहन्छौं l विश्वभर छरिएर रहनुभएका एनआरएनए अभियन्ताहरू विभिन्न राष्ट्रका एनसिसीका प्रतिनिधि साथीहरू हामीले मध्यपूर्वलाई आफ्नो एनसीसीको एजेण्डा सहित उपस्थित हुन प्रत्राचार गरिसकेका छौ l विश्वभर गठन भएका एनसिसीहरूलाई अतिथिको लागि पत्राचार गरेका छौ यदि मध्यपूर्व या अन्य कुनै पनि एन सी सीहरूले प्राविधिक समस्याको कारणले पत्र पाउन नसकेता पनि यसै पत्रलाई आधार मानेर अभियानमा जोडिन हुन अनुरोध गर्दछौं l साथै मध्यपूर्वमा रहनु भएका तमाम आरसीसीका पधाधिकारी, सदस्य, सल्लाहकार, संरक्षक तथा पार्षद सदस्यहरू तोकिएको मिति र समयमा जुम मार्फत जोडिएर कार्यक्रममा सहभागीता जनाउन अनुरोध गर्दछौं l
जुम आइडी यस प्रकार रहेको छ जुममा आफ्नो पहिचान सहित उपस्थित हुनुहोला जुममा आयोजक, सहआयोजकले नचिनेको प्रतिनिधिले आफ्नो पहिचान नखुलाएमा स्वीकार्न नसकिने तथा सम्मेलनमा उपस्थित जनाउन नसकिने व्योहोरा जानकारी गराउदछौ भनी एनसीसी कतारका महासचिव ध्रुव अधिकारीद्वारा प्रेषित व्यक्तव्यमा भनिएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...