रास्वपाको आचार संहितामा के छ ?
काठमाडौँ,माघ, ४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पास गरेको छ। महामन्त्री मुकुल ढकालका अनुसार रास्वपाले आचारसंहितामा गुटबन्दी गर्न बन्देज लगाएको छ ।
‘पार्टी सदस्यले सामूहिक रूपमा माग राख्न पाउने छैनन् । आफूलाई चित्त नबुझेको कुरा व्यक्ति–व्यक्तिले दिनुपर्यो । सामूहिक रूपमा माग राख्न पाइँदैन,’ उनले भने ।
सामूहिक रूपमा माग राख्ने कुरालाई गुटगत गतिविधिको रूपमा व्याख्या गरिएको छ । पार्टी सदस्यहरूले पार्टीको छविमा आँच आउने अभिव्यक्ति दिन पनि नपाइने व्यवस्था गरिएको ढकालले बताए । ‘पार्टी जिम्मेवारीमा बसेकाहरूले पार्टीमा फरक मत राख्न पाइयो । तर यो पार्टी खतम भयो । यो पार्टी पनि उस्तै हो भनेर बोल्न पाइने छैन,’ उनले भने ।
पार्टीबाट अनुमति लिएर मात्र विदेशीसँग भेटवार्ता गर्न पाइने भन्दै नभए कारबाही हुने कुरा आचारसंहितामा उल्लेख छ । केन्द्रीय समितिको निर्णयविना राजनीतिक भागबन्डामा गर्न नपाइने महामन्त्री ढकालले बताए । उनका अनुसार केन्द्रदेखि वडा तहसम्म केन्द्रीय समितिको अनुमतिविना कुनै पनि भागबन्डामा सामेल हुन छुट छैन ।
पार्टीका केन्द्रीय पदाधिकारीदेखि सदस्यसम्मलाई एउटै व्यवस्था लागू हुने गरी आचारसंहिता पास गरिएको उनको भनाइ छ । पार्टीको अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले तयार पारेको पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहितालाई केन्द्रीय समितिले केही हेरफेर गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...