बागलुङमा दुर्गा प्रसाईमाथि मुक्का प्रहार, एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ
पोखरा, माघ, ४
बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ भन्दै कार्यक्रम गर्नको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का प्रहार गरेका छन् l प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरू गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँलाई स्वागत गर्न लाइन बसेका गौतमले मुक्का प्रहार गरेका हुन् । गौतम बागलुङ् बजारमा जुत्ता पसल चलाउँदै आएका व्यवसायी हुन् l आफू माथिको आक्रमणलाई प्रसाईले गम्भीर रूपमा लिएको र आफूसँग ठोक्किन आउनेहरू टाइटनिकसँग ठोक्किएको नियतिमा पुग्ने बताएका छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...