लिटिल बुद्ध भनिने रामबहादुर बम्जन पक्राउ

काठमाडौं, पुस २४
लिटिल बुद्ध भनिने रामबहादुर बम्जन पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनलाई मंगलबार साँझ पक्राउ परेको हो।
उनलाई सीआईबीले बुढानिलकण्ठबाट पक्राउ गरेको बताइएको छ। बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए।
पक्राउ परेका बम्जनविरुद्ध आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोग छ। उनीविरुद्ध अदालतमा २०७७ असारमै मुद्दा दर्ता भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले २०७७ असार १९ गते जिल्ला अदालतमा जबरजस्तीकरणी मुद्दा दायर गरेको थियो। पटक पटकको पक्राउ प्रयास असफल भएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।
१४ वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको थियो। सीआईबीको टोलीले उनलाई आज साँझ काठमाडौंको बुढानिलकण्ठ स्बाथिति हात्तीगौंडाबाट पक्राउ गरेको हो। बम्जनलाई डिएसपी धर्मराज भण्डारीको टिमले नियन्त्रणमा लिएको हो l
सीआईबीको टोलीलाई देखेपछि बसिरहेको घरको माथिल्लो तलाबाट भाग्नका लागि हामफाले पनि उनी सफल नभएको र नियन्त्रणमा आएको सीआईबीले जनाएको छ। प्रहरीले बम्जनलाई २०७६ साल देखि खोज्दै आएको थियो l उनको पक्राउको लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी समेत भएको थियो l बम्जन अहिले महाराजगन्जस्थिति ब्युरोको कार्यालय ल्याइएका छन् l
पक्राउ परेपछि रामबहादुर बम्जन । तस्बिर: केन्द्रीय अनुसन्धान ब्यूरो
कुन उपायबाट कारागार आफ्नो नियन्त्रमा लिन सकिन्छ भनेर सुरक्षा संयन्त्र र प्रशासन सरसल्लाह गर्दै रहेको...
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...