तामाकोसी गाउँपालिकाको स्थायी केन्द्र जफेको मानेडाँडा पारित
दोलखा, पुस, २४
तामाकोसी गाउँपालिकाको स्थायी केन्द्र जफेको मानेडाँडामा मतदानद्वारा टुङ्गोमा पुगेको छ l
दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाको स्थायी केन्द्रकालागि आज भएको मतदानमा गाउँ कार्यपालिकाका बहुमत सदस्यले मानेडाँडालाई स्थायी केन्द्र बनाउने प्रस्तावको पक्षमा मतदान गरेका छन् । मानेडाँडालाई स्थायी केन्द्र बनाउने पक्षमा २९ मत र विपक्षमा ५ मत परेको जानकारी आएको छ । दुईजना कार्यपालिका सदस्य भने पक्ष र विपक्षमा नउभिई तटस्थ रहेका छन् । स्थायी केन्द्रकालागि ५ स्थान प्रस्ताव गरी मतदान गरिएकोमा अन्तमा मानेडाँडा स्थायी केन्द्र कायम भएको छ l
यसअघि जफैकै छौडेलाई तामाकोसी गाउँ पालिकाको केन्द्र तोक्ने झुलेका वडाध्यक्ष ईश्वरराज कार्कीको प्रस्ताव र नानीकाजी तामाङको समर्थन रहेको स्थान २० मत मात्र प्राप्त गरेर आवश्यक सङ्ख्या नपुगेको कारण अस्वीकृत भएको थियो l तामाकोसी गाउँ पालिकाको केन्द्र जफेको मानेडाँडा राख्ने पक्षको प्रस्ताव जफेका वडाध्यक्ष रामप्रसाद काफ्लेको रहेको थियोभने समर्थनमा जफेका वडा सदस्य प्रचण्डदीप कार्की रहेका थिए l तामाकोसी गाउँ पालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेशनले गाउँ पालिकाको स्थायी केन्द्र मतदानको विधिबाट सुनिश्चित गरेको छ l
अघिल्लो स्थानीय निकायको नेतृत्वले गाउँ पालिकाको केन्द्र तोक्ने विषयको किनारा नलगाइ छोडेको विषय तामाकोसी गाउँ पालिकाका अध्यक्ष पोर्णप्रताप केसीको नेतृत्वले स्थायी निकास खोजेर आफ्नो एउटा कर्तव्य निर्वाह गरेको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...