तामाकोसी गाउँपालिकाको स्थायी केन्द्र जफेको मानेडाँडा पारित

दोलखा, पुस, २४
तामाकोसी गाउँपालिकाको स्थायी केन्द्र जफेको मानेडाँडामा मतदानद्वारा टुङ्गोमा पुगेको छ l
दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाको स्थायी केन्द्रकालागि आज भएको मतदानमा गाउँ कार्यपालिकाका बहुमत सदस्यले मानेडाँडालाई स्थायी केन्द्र बनाउने प्रस्तावको पक्षमा मतदान गरेका छन् । मानेडाँडालाई स्थायी केन्द्र बनाउने पक्षमा २९ मत र विपक्षमा ५ मत परेको जानकारी आएको छ । दुईजना कार्यपालिका सदस्य भने पक्ष र विपक्षमा नउभिई तटस्थ रहेका छन् । स्थायी केन्द्रकालागि ५ स्थान प्रस्ताव गरी मतदान गरिएकोमा अन्तमा मानेडाँडा स्थायी केन्द्र कायम भएको छ l
यसअघि जफैकै छौडेलाई तामाकोसी गाउँ पालिकाको केन्द्र तोक्ने झुलेका वडाध्यक्ष ईश्वरराज कार्कीको प्रस्ताव र नानीकाजी तामाङको समर्थन रहेको स्थान २० मत मात्र प्राप्त गरेर आवश्यक सङ्ख्या नपुगेको कारण अस्वीकृत भएको थियो l तामाकोसी गाउँ पालिकाको केन्द्र जफेको मानेडाँडा राख्ने पक्षको प्रस्ताव जफेका वडाध्यक्ष रामप्रसाद काफ्लेको रहेको थियोभने समर्थनमा जफेका वडा सदस्य प्रचण्डदीप कार्की रहेका थिए l तामाकोसी गाउँ पालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेशनले गाउँ पालिकाको स्थायी केन्द्र मतदानको विधिबाट सुनिश्चित गरेको छ l
अघिल्लो स्थानीय निकायको नेतृत्वले गाउँ पालिकाको केन्द्र तोक्ने विषयको किनारा नलगाइ छोडेको विषय तामाकोसी गाउँ पालिकाका अध्यक्ष पोर्णप्रताप केसीको नेतृत्वले स्थायी निकास खोजेर आफ्नो एउटा कर्तव्य निर्वाह गरेको छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...