लिटिल बुद्ध भनिने रामबहादुर बम्जनको घरबाट तीन करोड भन्दा बढी नगद बरामद, विदेशी पैसा गन्न बाँकी

काठमाडौँ, पुस, २५
तपस्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका लिटिल बुद्ध भनेर प्रचारित रामबहादुर बम्जनको घरमा प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ भेटाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि भेटाएको हो । प्रहरीका अनुसार सबै हजार हजारको गड्डीहरू भेटिएको छ । बरामद भएको विदेशी पैसा भने गनिएको छैन् ।
त्यस्तै उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले २०७७ असार १९ गते जिल्ला अदालतमा जबरजस्तीकरणी मुद्दा दायर गरेको थियो। पटक पटकको पक्राउ प्रयास असफल भएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।
१४ वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको थियो। सीआईबीको टोलीले उनलाई हिजो मङ्गलबार साँझ काठमाडौंको बुढानिलकण्ठ स्बाथिति हात्तीगौंडाबाट पक्राउ गरेको हो। बम्जनलाई डिएसपी धर्मराज भण्डारीको टिमले नियन्त्रणमा लिएको थियो l
सीआईबीको टोलीलाई देखेपछि बसिरहेको घरको माथिल्लो तलाबाट भाग्नका लागि हामफाले पनि उनी सफल नभएको र नियन्त्रणमा आएको सीआईबीले जनाएको छ। प्रहरीले बम्जनलाई २०७६ साल देखि खोज्दै आएको थियो l उनको पक्राउको लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी समेत भएको थियो l बम्जन अहिले महाराजगन्जस्थिति ब्युरोको कार्यालयमा राखिएका छन् l
बमजनले सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए।
बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो । तर, त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरू सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।
अकबरे.कम
कुन उपायबाट कारागार आफ्नो नियन्त्रमा लिन सकिन्छ भनेर सुरक्षा संयन्त्र र प्रशासन सरसल्लाह गर्दै रहेको...
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...