आफ्नै छोराद्वारा चक्रवर्ती कलेजका अध्यक्षलाई खुकुरी प्रहार
काठमाडौं, पुस, २४
काठमाडौँ,विजुलीबजारमा रहेको चक्रवर्ती हवी एजुकेशन एकेडेमीका अध्यक्ष देवेन्द्र भण्डारीमाथि सोमबार राती छोरा निरजसहितको समूहले हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । टाउकामा चोट लागेका देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो।
भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। आक्रमणमा पर्नुअघि देवेन्द्र प्रहरीकहाँ पुगेका थिए।
प्रहरीले मङ्गलवार बिहान छलफलका लागि दुवै पक्षलाई बोलाउने बताएपछि फर्किएका देवेन्द्र त्यसपछि समूह लिएर कलेज पुगेको बुझिएको छ।
घटनापछि प्रहरीले निरजसहित २४ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा कानूनमा ५ वर्षे स्नातक कार्यक्रम चलाउँदै आएको चक्रवर्ती ल कलेज बारम्बार विवादमा आउने गरेको छ l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...