सुशासन पार्टी र नेपाल आमा पार्टीबीच एकीकरण

काठमाडौं
नेपाल आमा पार्टी नेपाल सुशासन पार्टीमा गाभिएको छ । नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम नेपाल आमा पार्टी सुशासन पार्टीमा गाभिएको निर्वाचन आयोगले जनाएको छ ।
रोमलाल गिरी अध्यक्ष रहेको नेपाल आमा पार्टी २०७३ साल मंसिर ३० गते काठमाडौं महानगरपालिका- ३२ पुतलीसडकमा मुख्य कार्यालय रहनेगरी दर्ता भएको थियो । उक्त दलको निर्वाचन चिन्ह बच्चा काखमा लिएकी आमा रहेको छ ।
नेपाल सुशासन पार्टी भने २०७८ पुस २१ गते रमेशप्रसाद खरेल अध्यक्ष रहनेगरी काठमाडौं महानगरपालिका- ९ बत्तीसपुतलीमा कार्यालय रहने गरी दर्ता भएको थियो । उक्त दलको निर्वाचन चिन्ह गोलाकारभित्र आधा खासेलो निकालिएको मकैको घोगो रहेको छ ।
यद्यपि दल दर्ताका क्रममा अध्यक्ष रहेका खरेल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन् । उनी रास्वपाबाटै प्रतिनिधिसभाको उपनिर्वाचनमा बाराबाट उम्मेदवार बनेर पराजित भएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...