सुशासन पार्टी र नेपाल आमा पार्टीबीच एकीकरण
काठमाडौं
नेपाल आमा पार्टी नेपाल सुशासन पार्टीमा गाभिएको छ । नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम नेपाल आमा पार्टी सुशासन पार्टीमा गाभिएको निर्वाचन आयोगले जनाएको छ ।
रोमलाल गिरी अध्यक्ष रहेको नेपाल आमा पार्टी २०७३ साल मंसिर ३० गते काठमाडौं महानगरपालिका- ३२ पुतलीसडकमा मुख्य कार्यालय रहनेगरी दर्ता भएको थियो । उक्त दलको निर्वाचन चिन्ह बच्चा काखमा लिएकी आमा रहेको छ ।
नेपाल सुशासन पार्टी भने २०७८ पुस २१ गते रमेशप्रसाद खरेल अध्यक्ष रहनेगरी काठमाडौं महानगरपालिका- ९ बत्तीसपुतलीमा कार्यालय रहने गरी दर्ता भएको थियो । उक्त दलको निर्वाचन चिन्ह गोलाकारभित्र आधा खासेलो निकालिएको मकैको घोगो रहेको छ ।
यद्यपि दल दर्ताका क्रममा अध्यक्ष रहेका खरेल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन् । उनी रास्वपाबाटै प्रतिनिधिसभाको उपनिर्वाचनमा बाराबाट उम्मेदवार बनेर पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...