राष्ट्रियसभाको भागबण्डामा केन्द्रित सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं,पुस,१९
राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्दैछ ।
बुधबार सत्ता गठबन्धनका प्रमु चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी रजनता समाजवादीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए । यद्दपि एमालेलाई भाग दिने कुरामा नेकपा एकीकृत समाजवादी पार्टी असन्तुष्ट रहेको बताइन्छ l
मंगलबार र बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्षको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभामा निर्वाचनमा समेट्ने लैजानेबारे सकारात्मक छलफल भएको थियो । एमालेलाई समेट्नेबारे कांग्रेस र माओवादी केन्द्रबिच भएको छलफल एकीकृत समाजवादी र जसपाका नेताहरुलाई सुनाइएको थियो ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच छुट्टै छलफल भएको थियो । उनीहरूबिच बुधबार साँझ भएको कुराकानी अनुसार । आज विहान बस्ने अगाडि बढ्ने छ । आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
जसमा कोसी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...