अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली वर्षा/बाढी तथा समुन्द्री आँधी
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली वर्षा/बाढी तथा समुन्द्री आँधीका कारण कम्तिमा ३ जनाको मृत्यु भएको छ भने करिव ६ लाख मानिसहरु बिद्युतबिहिन बस्न बाध्य भएका छन् । मङ्गलबार बिहान ७ अमेरिकाको उत्तरपूर्वी राज्यहरूमा ६,०० ,००० भन्दा बढी ग्राहकहरू बिजुलीविहीन भएका छन् ।
एबिसीन्यूजका अनुसार अमेरिकाको मेन राज्यमा मात्र करिव ४ लाख ३० हजार ग्राहकहरुका घर बिद्युत आपूर्ति बन्द भएका छन् । त्यस्तै म्यासाचुसेट्समा १ लाख ३३ हजार बिजुली बिहिन भएका छन् । यसै गरि कनेक्टिकट, रोड आइल्याण्ड, न्यु ह्याम्पशायर, न्यु जर्सी र न्युयोर्कमा हजारौं घरहरु बिजुलीविहीन भएका छन् । भारी वर्षा, बाढी र हावाहुरीका कारण यस क्षेत्रका बासिन्दाले सडकमा जोखिमपूर्ण अवस्थाको सामना गर्नुपरेको छ । केही स्थानमा ६ इन्चसम्म वर्षा भएको छ ।
प्लाइमाउथ काउन्टी म्यासाचुसेट्समा, एक ८९ वर्षीय व्यक्तिको रूख ढल्दा मृत्यु भएको प्लाइमाउथ काउन्टी जिल्ला वकीलको कार्यालयले जनाएको छ। मेन राज्यमा एक व्यक्ति आफ्नो छतमा भग्नावशेष हटाउन प्रयास गरिरहेको बेला रूखले हानेर मृत्यु भएको प्रहरीले भने। त्यस्तै न्यूयोर्कको ग्रीन काउन्टीमा एक चालकको गाडी बाढीले बगाएकोले मृत्यु भएको ग्रीन काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।
न्यूयोर्क शहरमा बाढीको सतर्कता जारी गरिएको थियो । न्यूयोर्कमा सोमबार बिजुली बन्द, रूखहरू ढल्ने र सडक बाढीले भरिएका छन। न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्सले न्यूयोर्कवासीहरूलाई सडकबाट टाढा रहन आह्वान समेत गरेका छन । नर्थ क्यारोलाईना देखि मेनसम्म उच्च हावाको चेतावनी पनि जारी गरिएको थियो। अमेरिका भित्र तथा अन्य मुलुक जाने करिव ५०० हवाई उडानहरु सोमबार रद्द गरिएको थियो ।
न्यूयोर्क शहरको लागार्डिया विमानस्थल र बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित भएका छन्। साथै आँधीले फ्लोरिडामा ठूलो वर्षा ल्याएको र सप्ताहन्तमा साउथ क्यारोलाइनामा कीर्तिमानी बाढी आएको थियो। चार्ल्सटन र जर्ज टाउन, साउथ क्यारोलाइनको बीचमा १६ इन्चभन्दा बढी वर्षा भएको छ । बाढीले हजारौं गाडीहरु सडक मैओ रोकिएका थिए । केही क्षेत्रमा ६ घण्टामा ६ इन्च पानी परेको छ ।
दलितको घर तोडफोड र लुटपाट गरिरहँदा कल्याणपुरबाट गएका प्रहरीले रोक्नेसम्म प्रयास नगरेको स्थानीय दलितह...
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।