त्रिविको दीक्षान्त समारोहमा आज १२ हजार ४१५ विद्यार्थी दीक्षित हुँदै
काठमाडौं,पौष,२
त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९औं दीक्षान्त समारोह आयोजना गर्दै छ। त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदैछन्।
दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहने जनाइएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै प्रवेश खुला गरिने बताइएको छ। औपचारिक कार्यक्रम बिहान ११:३० बजेबाट सुरु हुनेछ।
त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्र दाहालका अनुसार २०७९ को असारदेखि २०८० को असारसम्म पासआउट भएका विद्यार्थीमध्येबाट सोमबार दीक्षित हुन लागेका हुन्।
सो अवधिमा ७३ हजार विद्यार्थी पासआउट भएकामा दीक्षान्त समारोहका लागि अनलाइनमार्फत् आवेदन दिएकालाई समारोहमा दीक्षित गरिनेछ।
यसपटक एमफील, स्नातकोत्तर र स्नातक तहका गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गरारिँदै। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ।
यस्तै, पीएचडी र एमफील गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए।
दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीलाई विभिन्न ५६ वटा स्टलबाट प्रमाणपत्र वितरण गरिने छ। पीएचडी र एमफील तथा पदक पाउने विद्यार्थीलाई भने राष्ट्रपतिबाट नै प्रमाणपत्र वितरण गरिनेछ।
दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरू सबभन्दा अगाडिको लाइनमा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ।
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l