सीता–रामको बिहेमा जन्त आएका साधुसन्त विदाइ पछि आज फर्कँदै

जनकपुर, पुष,२
जनकपुरधाममा भगवान राम र जानकीको विवाह सकिएको छ । जानकी मन्दिर प्राङ्गणमा बनाइएको विवाहमण्डपमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह गरिएको हो ।
सप्ताहव्यापी विवाहपञ्चमीको छैठौ दिन हिजो दिउँसो राम र जानकीको डोला फेर गरि बाह्रबिघा मैदानमा स्वयंवर गरिएपछि रातभर जानकी मन्दिरमा वैवाहिक कार्यक्रम चलेको थियो । विवाह हेर्न भेला भएका हजारौं श्रद्धालुभक्तजनले जानकी मन्दिर प्राङ्गण खचाखच भरिएको थियो ।
त्रेता युगमा मङ्सिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा मनाइँदै छ । विवाहपछि जन्तीको रूपममा आएका साधुसन्तलाई भोजन गराएर ससम्मान बिदाइ गर्ने परम्परालाई राम कलेवा भन्ने गरिन्छ । आज दिउँसो जानकी मन्दिर प्रांगणमा ५६ व्यञ्जन मिष्ठान परिकार भोजन गराई, दानदक्षिणा दिएर जन्तीको विदाइ गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले सार्वजनिक जानकारी दिएका छन् l
यस दिनमा राम, सीता, लक्ष्मण, भरत र शत्रुघनको रूपमा बालबालिकालाई सजाएर भोजन गराउनुका साथै उनीहरूको पनि विदाई गरिन्छ । रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भीड लाग्ने गर्दछ ।
मङ्सिर २६ गते सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैठों दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।
सीता र रामको विवाहसम्पन्न भएपछि जनकपुर आएका हजारौं दर्शनार्थी घर फर्किन थालेका छन् ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।