पहिचान पक्षधरको आव्हानमा आज कोसी प्रदेश बन्द
धरान,मङ्सिर, ३०
पहिचान पक्षधरहरूले शनिबार कोसी प्रदेश बन्द गरेका छन्। कोसी प्रदेश खारेजीको माग राखेर उनीहरूले १४ जिल्लाको यातायात र मुख्य बजार बन्द गराएका छन्।
एकाबिहानै हातमा लाठी लिएर बजार बन्द गराउन पहिचान पक्षधरका सयौं कार्यकर्ता परिचालन भएका छन्। उनीहरूले कोसी प्रदेशभर यातायातका साधन सञ्चालनमा रोक लगाएका छन्। आन्दोलनकारीले कोसी प्रदेशका मुख्य बजारहरु धरान, इटहरी, दमक, बिर्तामोड, धनकुटा, इलाम, फिदिम, म्याङ्लुङ र फुन्लिङ बजार बन्द गराएका छन्।
बजार र यातायातका सधन बन्द गराउने पाँच बन्दकर्तालाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी गराएका छन् । उनले कुनै अप्रिय घटना हुन नदिन मुख्य बजार क्षेत्र र चारकोशे जङ्गलमा प्रयाप्त प्रहरी परिचालन गरिएको बताए। पहिचानका लागि युवा फोर्सका अध्यक्ष राजुके राइले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...