कैलालीको लक्ष्मीनारायण मन्दिरमा डाक्टर केसीको अनशन

कैलाली, मङ्सिर, २९
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनले तीन दिन अनशन सुरु गरेका हुन् ।
यसअघि अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सदस्यहरूले अवरोध गरे । गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसमेत रहेका केसीले गेटामा नै अनशन बस्ने तयारी गरेका थिए ।
तर आफूहरूको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने भन्दै सङ्घर्ष समितिका सदस्यहरूले विरोध जनाएपछि उनी लक्ष्मी नारायण मन्दिरमा पुगेका हुन् ।
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।