नवराज विकलगायतका परिवारले न्यायको आवाज उठाउने सबैकाप्रति आज धन्यवाद सभा गर्ने
काठमाडौँ, मङ्सिर, २९
रुकुम सोती हत्याकाण्डमा मारिएका नवराज वि.क. को परिवार सहितको आयोजनामा आम न्यायप्रेमी र मानवाधिकारवादीहरूलाई धन्यवाद ज्ञापन गर्न नवराजका बुबा र लोकेन्द्र सुनारकी आमा काठमाडौँ आएका छन् l न्यायको पक्षमा आवाज बुलुन्द गर्ने न्यायप्रेमीलाई सङ्घीय राजधानी काठमाडौँबाट देशभर धन्यवाद र कृतज्ञता प्रकट गर्ने कार्यक्रम तय भएको छ l
'हाम्रा छोराहरू अन्यायपूर्वक मारिँदा, जातको कारण छोराहरू गुमाएर हामी लास खोज्न भेरी बगरका किनारा,खोल्सा,कुना काप्चा चहारी रहँदा काठमाडौँबाट सरकार दल र देशलाई खबरदारी गर्ने न्यायका पक्षधर आम जनसमुदाय, अधिकारवादीजनहरू, राजनीतिक दलका भगिनी सङ्घ संस्था र सामान्यजन जसले हाम्रो दुखमा बोल्नु भयो, लेख्नु भयो, सडकमा खबरदारी गर्नु भयो, पत्रपत्रिका अनलाइन मार्फत हाम्रो पक्षमा हाम्रो पीडामा आफ्नो विचार सम्प्रेषण गर्नु भयो उहाँहरूप्रति कृतज्ञता प्रकट गर्न हामी काठमाडौँ आएका हौ l आज दुई बजे काठमाडौँको भृकुटीमण्डपमा भेला भएर जुलुस र बाजागाजासाथ काठमाडौँ शान्ति वाटिकामा कार्यक्रमको आयोजना गर्दैछौ l सबैलाई उपस्थित भएर सहयोग गरिदिनु हुन अनुरोध गर्दै' नवराज विकका बाबुले अधिकारकर्मी खगेन्द्र सुनारको फेसबुक वालबाट लाइभ आएर अपिल गरेका छन् l
'पहिले आवाज उठाई दिने काठमाडौँप्रति आभार व्यक्त गर्नु र आगामी दिनमा आउने कानुनी लडाईमा साथ पाइराख्ने अपेक्षाको लागि पनि रूकुम जिल्ला अदालतको फैसलापछि हामीले धन्यवाद कार्यक्रम गर्दै आएका हौँ l अधिकारकर्मी खगेन्द्र सुनारले धन्यवाद सभाको औचित्य प्रष्ट पारेका छन् l
समाजका विविध क्षेत्रका व्यक्तिहरू र अधिकारकर्मी वकिल र विभिन्न राजनीतिककर्मीको छलफल र भेटघाट दलित आयोगको कार्यालय कुपण्डोलमा माननीय अध्यक्ष देवराज विश्वकर्माको समुपस्थतिमा भएपछि धन्यवाद सभाको आयोजना गर्न लागिएको हो l यो सबै न्याय प्रेमीको आवाज, खबदारी, निगरानी र कृतज्ञताको कार्यक्रम हो l उपस्थितिको लागि सविनय अनुरोध गर्दछु' खगेन्द्र सुनारले भनेका छन् l आज सानो खुशियालीमा छौं l दलितको हाँस्ने दिन र शान्ति पूर्वक बाँच्ने दिन सदा कायम राख्न पनि यो कार्यक्रम मार्फत् धन्यवाद व्यक्त गर्न लागिएको हो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...