प्रधानमन्त्री प्रचण्डले दोलखा महोत्सव उद्घाटन गर्ने

काठमाडौँ,मङ्सिर, २४
पुस १३ गतेबाट सुरु हुन लागेको दोलखा महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोलखा जाने भएका छन् l
आइतबार प्रधानमन्त्री प्रचण्डले दोलखा जाने प्रतिबद्धता जनाएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी गराएका छन् l दोलखा जिल्लाको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्रीसँग भेट गरेर उक्त समय मिलाएको हो l
महोत्सव दोलखा सदरमुकाम चरिकोटको स्थित टुडिखेलमा हुन लागेको हो। महोत्सव पुस १३ गतेदेखि २२ गते सम्म चल्नेछ । विगत देखि नै दोलखा महोत्सव हुने गरेको र महोत्सव आयोजनाले दोलखाको आर्थिक गतिविधिमा गतिशीलता पैदा गर्ने र दोलखाको पर्यटकीय गन्तव्यबारे पनि प्रचार प्रसार हुने आयोजकहरूको विश्वास छ l
खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ ।
गभर्नर खोज्ने समितिको सदस्य पौडेल आफै गभर्नर बनेको विषयलाई केटी माग्न गएको लमी केटी मन परेपछि आफै बे...
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्य...