लसुन खाँदा फाइदै-फाइदा

हाम्रो भान्सा नै हाम्रो सबैभन्दा ठुलो अस्पताल हो भन्ने अवधारणालाई फलो गर्ने हो भने हामी धेरै रोग र विकारबाट मुक्त हुन सक्छौं l हामीले भान्छालाई विषमुक्त, अनिकालमुक्त सिद्धान्तबाट आधारित बनाउनु पर्छ।
हामीसँग भएका वनस्पति मात्रै अहिलेसम्म ६ हजार ५ सयवटा खानयोग्य र औसधिजन्य प्रमाणित भइसकेका छन् । अरु प्रमाणित हुन बाँकी छन्। कति तयारीमा छन्। दुर्लभ प्लान्टहरू यहाँ त्यतिकै छन्। अव्यवस्थित भए पनि यत्रतत्र जडिबुटीहरु छन् । हाम्रो भान्सामा मसलाको रूपमा प्रयोग हुने औसधिजन्य चिज हो लसुन l यो एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायसी रूपमा प्रयोग समेत गर्ने गरिएको छ ।
प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रूपमा लसुनको प्रयोग भएको पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने अनेकौं रोगहरूको नाश गर्दछ ।
लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरूको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ । पिसावको समस्या, रक्तदोष, सुन्निेने समस्या आदिमा पनि लसुन लाभदायक छ ।
गर्भावस्थामा भने यसको प्रयोग गर्नु राम्रो हुदैन ।लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका विभिन्न भागलाई नियमित रूपमा काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका विभिन्न रोग लाग्ने संभावना न्युन हुन्छ । क्यान्सरको समस्यामा पनि लसुन लाभदायक देखिएको चिकित्सकहरूका अनुसन्धानले पुष्टि गरेको छ ।यद्दपि कुनी पनि चिजको प्रयोगको तरिका भने जान्नु र मात्रा मिलाएर खानु आवश्यक हुन्छ l
लसुनको फाइदाहरू हेरौं :
१.ग्याष्टिक
विहान उठ्ने वित्तिकै नियमित एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नले ग्याष्टिकको समस्या कम हुँदै जान्छ ।
त्यसैगरी भोग जगाउनुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ । पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा विहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २र३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।
२.उच्च रक्तचाप
लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न र मुटु सम्बन्धि समस्याबाट जोगाउन सहयोग पुर्याउँछ । उच्च रक्तचापका लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा भने एकै पटक नभएर पटकपटकको खानासँग खानु राम्रो हुन्छ ।
३.कोलेस्टेरोल
दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल १२ प्रतिसत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडितहरुका लागि समेत निकै फाइदाजनक छ । लसुनले रगत पातलो बनाउने र रगत प्रबाहलाई सहयोग पुर्याउँछ ।
४.रुघाखोकी
लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डडाउने । उक्त तेललाई मन तातो भएपछि रुघा लागेको बच्चाको नाकको प्वाल बाहिर दल्ने, तेल छाती, घाटी, ढाडमा सेकाउँदै मालिस गर्ने । निधार र नाक वरिपरि या तेल लगाउने गर्दा स–साना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठुला व्यक्तिलाई पनि फाइदा गर्दछ ।
५.पाचन
लसनले आन्द्रा सफा राख्न मद्दत पुर्याउँछ । यसले पाचन प्रक्रियालाई उत्तेजित पार्ने काम गर्छ । जसका कारण भोक बढाउने काम गर्दछ । खानासँगै ३÷४ केस्रा लसुन विहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ । यसो गर्नाले पाचन प्रक्रिया बलियो हुन्छ र अरुची हट्छ । पेटमा हुने एसिड उत्पादनलाई पनि लसुनले बन्द गरिदिन्छ । लसुनले तपाईको तनाव पनि कम गरिदिन्छ । तपाईलाई जतिबेला डर लाग्छ, पेटमा एसिड बन्ने गर्छ । लसुनले यस्तो प्रकारको एसिड बन्नबाट रोक्छ ।
६.स्वास प्रणाली
लसुन स्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले आस्मा, निमोनिया, ब्रोन्काइटिस, ट्युबरक्लोसिस,फोक्सोमा जमेको कफ आदि रोकथाममा र उपचारमा पनि निकै प्रभावकारी हुन्छ ।
७.जोर्नी दुखाई
एक पाउ लसुन थिचेर एक चौथाई जति तेल र चार चौथाई जति पानी एउटै भाडोमा राखेर घोल्ने । त्यस घोललाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भएपछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३÷४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने र मालिस गर्ने गर्दा आराम हुने गर्दछ ।
८.हृदयघात
लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विस्वास छ । लसुनले मानिसको रक्त सञ्चारलाई नियमित राख्नुका साथै यसले हृदयसम्बन्धि समस्याहरुबाट पनि टाढा राख्दछ । यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्छ ।
९.कपाल दुखाई
कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाएमा कपाल दुख्ने समस्या हट्छ ।
१०.वैकल्पिक उपचार
लसुनमा शक्तिशाली तत्व पाइन्छ । यसमा पाइने तत्वले शरीरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबटिज, डिप्रेसन तथा केही प्रकारको क्यान्सरको रोकथाममा पनि लसुन सहायोगी हुन्छ । यदि तपाईले काँचो लसुनको सेवन गर्न सक्नुहुन्न भने यसलाई पोलेर वा भुटेर पनि खान सक्नुहुन्छ ।
लसुनका धेरै फाइदा हुदाँहुदै पनि यसले कसै कसैलाई एलर्जी पनि हुनेगर्छ । ध्यान दिनुहोस् । तपाईलाई एलर्जी हुन्छ भने काँचै नखानुहोस् । पकएर खाँदा पनि कसै–कसैलाई छाला सम्बन्धि समस्या देखापर्छ , ज्वरो आउँछ, टाउको दुख्छ । यस्तो लक्षण देखिएमा पनि लसुन सेवन गर्न बन्द गर्नुहोस् ।
हामीले यो सामग्री विभिन्न अनुसन्धानमूलक राष्ट्रिय र अन्तराष्ट्रिय पत्रपत्रिका र विज्ञसँगको कुराकानीमा आधारित भएर तयार गरेका छौं l
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।