परियार भन्दै आश्रमबाट निकालिएकी वृद्धाले दिइन् उजुरी
विराटनगर, मङ्सिर
विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर अन्तिम समयमा दलित भन्दै बाहिर निकालेको बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी उनले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाएकी छन् । २०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका वडा नं. ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्र ममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइ दिएको सुन्दासले निवेदनमा उल्लेख गरेकी छन् ।
हाल नेपाल छुवाछुत मुक्त देश भइसक्दा समेत दलितमाथि हेला होचो गरेको हुँदा विपक्षीलाई झिकाइ कारबाही गरी पाउँ भने र उनले उजुरी गरेकी हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले आश्रमबाटै यस्तो खालको व्यवहार हुनु दुःखद् भएको बताए ।
उजुरीको निवेदन यस्तो छ :
akabarey.com ले यो समाचार आफ्नो पत्रपत्रिका स्तम्भको लागि रातोपाटीबाट साभार गरेको छ l akabarey.com रातोपाटीलाई धन्यवाद व्यक्त गर्दछ l
दलितको घर तोडफोड र लुटपाट गरिरहँदा कल्याणपुरबाट गएका प्रहरीले रोक्नेसम्म प्रयास नगरेको स्थानीय दलितह...
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।