श्रीनिवास भनिने शङ्कर पण्डित हिरासत मुक्त
काठमाडौँ,मङ्सिर,२२
श्रीनिवास भनिने शङ्कर पण्डित हिरासत मुक्त भएका छन् ।
उनी शुक्रवार ११ दिनपछि रिहाइ भएको काठमाडौं प्रहरीले जनाएको छ ।
मेडिकल व्यवासायीसमेत रहेका दुर्गा प्रसाईं नेतृत्वको नेतृत्वमा काठमाडौंमा भएको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ गरेको थियो । चर्को भाषण गरेलगत्तै श्रीनिवासलाई समाजमा उत्तेजना र हिंसा फैलाउन खोजेको आरोपमा पक्राउ गरिएको थियो ।
प्रहरीले उनीसहित सो अभियानबाट १७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै हिरासतबाट छुटेको ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले जनाएको छ ।
यो अभियानको नेतृत्व प्रसाईंले गरेका थिए । श्रीनिवास भने उनलाई सघाउन सुनसरीको चतराबाट आएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...