श्रीनिवास भनिने शङ्कर पण्डित हिरासत मुक्त
काठमाडौँ,मङ्सिर,२२
श्रीनिवास भनिने शङ्कर पण्डित हिरासत मुक्त भएका छन् ।
उनी शुक्रवार ११ दिनपछि रिहाइ भएको काठमाडौं प्रहरीले जनाएको छ ।
मेडिकल व्यवासायीसमेत रहेका दुर्गा प्रसाईं नेतृत्वको नेतृत्वमा काठमाडौंमा भएको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ गरेको थियो । चर्को भाषण गरेलगत्तै श्रीनिवासलाई समाजमा उत्तेजना र हिंसा फैलाउन खोजेको आरोपमा पक्राउ गरिएको थियो ।
प्रहरीले उनीसहित सो अभियानबाट १७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै हिरासतबाट छुटेको ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले जनाएको छ ।
यो अभियानको नेतृत्व प्रसाईंले गरेका थिए । श्रीनिवास भने उनलाई सघाउन सुनसरीको चतराबाट आएका थिए ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...