दुर्गा प्रसाईको नेतृत्वमा चक्रपथका ८ स्थानबाट हुँदैछ प्रदर्शन - प्रदर्शन स्थलको सूची
काठमाडौँ, मङ्सिर, ६
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले मंसिर ७ गते गर्ने प्रदर्शनको कार्यसूची सार्वजनिक गरेको छ। काठमाडौंको बल्खुमा हुने उक्त कार्यक्रमका लागि आठवटा रुट तय भएको अभियानका सह–प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिएका छन् l
धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने सो समितिले जनाएको छ। बिहान सवा १० बजेबाट र्याली सुुरु हुने बताइएको छ ।
विभिन्न ७ वटा स्थानबाट सुरु भएको र्याली बल्खुमा गएर सभामा परिणत हुने माण्डव्यले बताए।
प्रसाईंबाहेक सभामा सम्बोधन गर्ने अन्य व्यक्तिहरूको नाममा भने सामान्य विवाद रहेको बताइन्छ l
भेला हुने स्थानहरू :
१) परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी
२) गङ्गबु चोक
३) स्वयम्भु
४) कलङ्की
५) जावलाखेल
६) सातदोबाटो
७) त्रिवि प्रवेशद्वार अगाडि
८) चाबहिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...