आज हरिबोधनी एकादशी अर्थात् ठुलो एकादशी

काठमाडौं, मङ्सिर, ७
एकादशी भनेको देवीको नाम हो । यसै कारणले सबै एकादशीको नाम स्त्रीलिङ्गी देखिन्छ । यस विषयमा एउटा कथा छ । सत्य युगको कुनै एक समयमा देवर्षि नारदजीले ब्रह्माजीबाट एकादशीका विषयमा जानकारीका लागि विन्ती गर्नुभयो अरे । एकादशी भनेको के हो ? किन एकादशीको व्रत तथा पूजा गरिन्छ ? र व्रतको विधि के हो ? भनी सोध्नुभयो l ब्रह्माजीले पनि नारदजीलाई बताउन लाग्नुभयो– हे नारदजी सत्य युगमा एक पहाडी गुफामा भगवान् विष्णु आराम लिएर सुतिरहनुभएको थियो । यो कुरा चाल पाएर एक राक्षस आएर विष्णुलाई मार्न जाइलाग्यो । तब विष्णु भगवानका आभाका प्रभावले उहाँको शरीरबाट तत्काल एक देवी उत्पन्न भई राक्षससँग लडाइँ गरी त्यो राक्षसलाई मारिन् अरे । भगवान् विष्णु जागा भएपछि सो कुरा सबै थाहा भयो । त्यस घटनाको प्रभावले भगवान् विष्णुले तिम्रो नाम एकादशी भयो भन्नु भएछ ।
जो मानिस तिम्रो नाममा उपवास बसी पूजाआराधना गर्दै मेरो पूजा गर्दछन्, तिनले मुक्ति पाउँछन् । यो कार्यले अक्षय फल प्राप्त गर्छन् भनी विष्णुले मलाई बनाउनुभएको थियो भनी ब्रह्माजीले नारदलाई भन्नुभयो । त्यस समयदेखि एकादशी तिथिको नाम पनि एकदशी भयो । तसर्थ हिन्दु पाञ्चाङ्गको एघरौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पटक शुक्लपक्षमा र कृष्णपक्षमा पर्दछ ।
हिन्दु दर्शनमा एकादशीको व्रतलाई महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष २४ वटा एकादशी पर्दछन् । अधिकमास या मलमास भएको समयमा दुई एकादशी थप हुने हुँदा २६ एकादशी पर्दछन् । उपरोक्तअनुसार महिनाको नाम पालक देवता शुक्लपक्ष एकादशी र कृष्णपक्ष एकादशीको विवरण तल उल्लेख भएअनुसार पर्छन् ।
आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरूमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठुलो एकादशी पनि भनिन्छ ।
चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रूप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ ।
हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण -चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु मन्दिरहरू मा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो छ ।
उपत्यका बाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लागेको छ ।त्यसगरी पहाडतिर नदि किनारमा फूल तार्ने चलन पनि रहेको छ l
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...