दुर्गा प्रसाईको अभियानमा आएकामाथि मध्य रातमा दुर्व्यवहार गर्दै सुतेको ठाउँबाट लखेटियो
काठमाडौँ, मङ्सिर,६
दुर्गा प्रसाईले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका महिलाहरू माथि आफूलाई युवा संघका कार्यकर्ता बताउने केही व्यक्तिले दुर्व्यवहार गरेका छन् । सुतिरेहका महिलाहरूलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सार्वजनिक भएको छ ।
हिजो मध्यरात सो घटना भएको हो । इटहरीबाट आएका दुई दर्जन जति महिलाहरुलाई लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा बस्ने व्यवस्था मिलाइएको थियो । राति ११ बजेतिर ८-१० जनाको एउटा समूह सो पार्टी प्यालेसमा घुसपैठ गरेर सुतिरहेका महिलाहरुलाई उठाएको थियो । भिडिओमा धेरै महिलाहरु प्रौढ उमेरका देखिन्छन् ।
‘हेल्लो दिदीहरु, ७ गतेको कार्यक्रममा आउनुभएको हो ?’ भिडिओमा बोल्दै एकजना भन्छन् ।
महिलाहरू हतारिएर लुगा लगाउन थाल्छन् । तर, उनीहरुलाई तुरुन्तै निस्किन आदेश दिइन्छ । एक महिलाले ‘लुगा लगाउन दिनु न हामीलाई’ भनेको सुनिन्छ ।
‘तपाईंहरु ७ गतेको आन्दोलनमा आउनुभएको रहेछ, उठिहाल्छु त, छिटो गर्नु,’ ती व्यक्तिले आदेश दिन्छन् ।
पछाडि अरु व्यक्तिले लुगा लगाउन दिउँ भनेको पनि सुनिन्छ ।
दुर्व्यवहारपछि महिलाहरु आफ्ना पोका पन्तरासहित मध्यरातमा बाहिर निस्किएका थिए । उनीहरुलाई लखेटेपछि ‘दुर्गे प्रसाईं पागललाई फोन गर्नु त युवा संघले लघार्यो भनेर ।’ भन्दै बोलेको सुनिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...