दलीय भागबण्डामा सर्वोच्चमा ६ न्यायाधीश नियुक्तिको सिफारिस

काठमाडौँ,मङ्सिर,६
न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेमा उच्च अदालतबाट शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान रहेका छन् । त्यसैगरी कानुन व्यवसायीबाट बालकृष्ण ढकाल, सुनिल पोख्रेल (काँग्रेस कोटा) सिफारिस भएका छन् । माओवादी कोटाबाट डीएन पराजुली र दिनमणि पोखरेलमा सहमति नजुट्दा एक सिट खाली राखिएको बताइन्छ l
उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाइने छ । समितिले अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...