जाजरकोट भूकम्पका घाइतेलाई केएमसी मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
काठमाडौँ, कार्तिक,१८
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पले पश्चिम नेपाललाई आक्रान्त पारेको भन्दै घाइतेहरूको निःशुल्क उपचार गर्ने बताएकी हुन् ।
केएमसीका सल्लाहकार तथा मोरङ–३ का नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको सक्रियतामा भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गरिने प्रतिबद्धता जाहेर भएको छ l
साथै सरकारसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेकोसमेत केएमसीले जनाएको छ ।
मल्टिस्पान पुल भनेको त्यस्तो पुल हो जसमा बीचबीचमा स्तम्भहरू (piers) राखेर पुललाई धेरै भागमा बाँडिएको...
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।