प्रतिपक्षी मोर्चा हामी सम्हाल्छौ,सबै पुराना पार्टी मिलेर सरकार बनाउनुहोस् - रवि लामिछाने
काठमाडौँ, असोज १२
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवंम् सांसद रवि लामिछानेले आज एक अपिल जारी गरेका छन् l उनले आफ्नो सामाजिक संजालको उपयोग गर्दै यस्तो लेखेका छन् : उनको सार्वजनिक संजालबाट बाहिरिएको अपिल जस्ताको त्यस्तै :
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा। तर "मिशन ८४" भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन।
तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०,मिशन८१,मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई। राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।
akabarey.com परीक्षण प्रसारणमा छ l
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अहिले भर्खर आदेश दिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...