अभिनेत्री एलीजा इलाम–२ बाट चुनावमा उठ्ने - एमालेले दिन्छ होला टिकट ?

गत साउन २८ गते नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोट गएर भेट्दै ओलीको प्रशंसा गरेकी अभिनेत्री एलिजा गौतमको चुनाव उठ्ने चर्चासँगै ओलीसँगको भेटको स्मरण गरिएको छ l त्यतिबेला गौतमले भनेकी थिइन् : ‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता। भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ।’
ओलीसँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने आफ्नो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्ने एलिजाको विश्वास छ ।
२०७९ माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेर त्यसको केन्द्रीय सदस्य हुँदै तत्कालीन सत्ता साझेदार दलको शीर्ष बैठकमा अध्यक्ष रन्जिता चौधरीसँगै सहभागिता जनाउँदै आएकी गौतमले केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी हुन् l हाल उनी सक्रिय राजनीतिमा देखिन लागेकी छन् र एमाले अध्यक्ष ओलीसँगको भेट पछि एमाले प्रवेश गर्ने चर्चा पनि चलेको थियो । एलिजाले पार्टी उल्लेख नगरे पनि आफ्नो उमेद्वारी बारे यसो भनेकी छन् :
‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु l ’ उनको राम्रै पार्टीको सङ्केत एमालेतिर रहेको भन्ने बुझाई पनि गर्ने मान्छेहरू छन् l
एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको रहेको छ भने एलिजाको इलाममा चुनाव लडने सार्वजनिक उद्घोषलाई एमालेसँग जोडिएर हेर्न थालिएको छ l सुवासको मृत्युपछि उनका कान्छा छोरा सुहाङ र झलनाथ खनालको एमालेबाट उमेद्वारीको चर्चासँगै एलिजाको नाम समेत एमाले वृत र राजनीतिमा देखिएको छ l एमालेले आधिकारिक रूपमा बोलेको छैन l ओलीले गौतमको उमेद्वारीको चाहना गरे एमाले भित्र विरोधको स्वर उठ्नुको अर्थ छैन भनेर पनि विश्लेषण गर्ने गरिएको छ l
थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।
akabarey.com परीक्षण प्रसारणमा छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...