एमाले बागमतीमा सहमतिको प्रयास असफल,चुनाव हुने
काठमाडौं, असोज, १२
नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षका लागि दुईजनामा मैदानमा छन् । तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन् । अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ ।
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ । अध्यक्ष केपी ओलीको प्यानल बनाए उमेद्वारी खारेजीको चेतावनी विपरित उमेद्वारहरू कृष्ण र कैलाश दुवैजना पदाधिकारीमा प्यानल बनाएर जाने तयारीमा छन् । बिहान १० बजेबाट मतदान सुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिएका छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...