ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति
काठमाडौं, असोज, १०
ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच बुधबार चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित हुने भएको छ ।मंगलबार ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५/५ सदस्यीय वार्ता टोलीले छलफल गरेर चार बुँदे सहमति गरेको थियो ।
हामीलाई प्राप्त सहमतिको खाकामा भनिएको छ, ‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’
यो सहमति भएपछि अभियन्ता ईः ले आन्दोलन रोक्ने निर्णय गरेका हुन् । ई : नौ दिनदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर विरोध प्रदर्शन गरिरहेका थिए l ई: को स्वास्थ्य अवस्थाबारे नेपाल मानवाधिकार सङ्गठनले पनि चिन्ता जाहेर गरेको थियो l
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...