पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

पूर्वमन्त्री तथा गणतान्त्रिक योद्दा खेमराज मायालुको निधन भएको छ l
को हुन् खेमराज भट्ट ?
खेमराज भट्ट मायालु २०३० सालतिर स्वर्गीय रामराजाप्रसाद सिंहसँग मिलेर जनवादी मोर्कोचा गठन गरेको थिए त्यो भन्दा अघि उनको राजनीतिक पृष्ठभूमि कांग्रेस निकट थियो l उनी मोर्चाबाट २०५३ सालमा फेरि नेपाली काँग्रेसमै प्रवेश गरेका थिए ।
२०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएका खेमराज पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा पटकपटक जेलसमेत परेका थिए । मायालु २०७० मा एकीकृत माओवादीमा प्रवेश गरेका थिए l
२०४२ कोसिहदरबार बम काण्डमा रामराजाप्रसाद सिंहसँगै सर्वस्व हरणसहित मृत्युदण्ड सुनाइएका पूर्वमन्त्री मायालुको हिजो राति २०८० असोज ४ गते १० बजेर २५ मिनेट जाँदा निधन भएको कुरा उनका छोरा भट्ट आकाशले पुष्टि गरेका छन् l साथै आज विहान ७ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि हुने पनि जानकारी गराएका छन् l
क्यान्सर रोगबाट पीडित खेमराजलाई वीर अस्पतालमा केही हप्ता अघि चौथोपटक किमो दिइएको थियो l प्रजातन्त्र र गणतन्त्र प्राप्तिको लागि स्वर्गीय मायालुको योगदान स्मरणीय छ l
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...