पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन
पूर्वमन्त्री तथा गणतान्त्रिक योद्दा खेमराज मायालुको निधन भएको छ l
को हुन् खेमराज भट्ट ?
खेमराज भट्ट मायालु २०३० सालतिर स्वर्गीय रामराजाप्रसाद सिंहसँग मिलेर जनवादी मोर्कोचा गठन गरेको थिए त्यो भन्दा अघि उनको राजनीतिक पृष्ठभूमि कांग्रेस निकट थियो l उनी मोर्चाबाट २०५३ सालमा फेरि नेपाली काँग्रेसमै प्रवेश गरेका थिए ।
२०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएका खेमराज पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा पटकपटक जेलसमेत परेका थिए । मायालु २०७० मा एकीकृत माओवादीमा प्रवेश गरेका थिए l
२०४२ कोसिहदरबार बम काण्डमा रामराजाप्रसाद सिंहसँगै सर्वस्व हरणसहित मृत्युदण्ड सुनाइएका पूर्वमन्त्री मायालुको हिजो राति २०८० असोज ४ गते १० बजेर २५ मिनेट जाँदा निधन भएको कुरा उनका छोरा भट्ट आकाशले पुष्टि गरेका छन् l साथै आज विहान ७ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि हुने पनि जानकारी गराएका छन् l
क्यान्सर रोगबाट पीडित खेमराजलाई वीर अस्पतालमा केही हप्ता अघि चौथोपटक किमो दिइएको थियो l प्रजातन्त्र र गणतन्त्र प्राप्तिको लागि स्वर्गीय मायालुको योगदान स्मरणीय छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...