शिक्षकहरूको ऊर्जालाई समर्थन

देशभरबाट आएको शिक्षकहरूको जाग्रत् यो ऊर्जालाई शैक्षिक गुणस्तरमाथि लैजाने अभियानको रूपमा विकास गरेर पठाउनु पर्छ l जातीय छुवाछुत विरुद्द परिचालित हुने वातावरण र त्यसको विरुद्द लड्ने कर्तव्य सिकाएर पठाउनु पर्छ l समाजसँग प्रत्यक्ष जोडिने र घरघरमा हरेक दिन गहकिलो सन्देश पुर्याउने माध्यम हो शिक्षण पेशा, सरकारी स्तरको यो भन्दा सशक्त माध्यम अर्को छैन l अत : सामाजिक विकृतिको रूपमा रहेको, हाम्रो सभ्यतामाथि प्रश्नै प्रश्न उठ्ने, मानवाधिकार विरोधी, अन्तराष्ट्रिय मन्चमा लाजलाग्ने विषय,अत्यन्त घीनलाग्दो छुवाछुत र जातीय भेदभाव अन्त्यको लागि राज्यको सबैभन्दा प्रभावकारी हतियार शिक्षकहरू बन्न सक्छन् l उहाँहरूको जायज माग पूरा गर्दै समाज जगाउने र देश जोगाउने सामाजिक अभिभारा पनि सरकारले दिएर पठाउनु पर्छ l आफ्नो पेशा र भविष्यप्रति यति तागत भएको शक्तिलाई जातीय छुवाछुत र भेदभाव अन्त्यको लागि र सामुदायिक शिक्षाको लागि किन परिचालित नगर्ने ? प्राय गरिब दुखीका छोराछोरी पढने र गाउँका मान्छेको छोराछोरीको शैक्षिक थलो सामुदायिक विद्यालयको शिक्षा किन यति कमजोर भयो / बनाइयो गम्भीर समीक्षा गर्ने विषय र बेला पनि हो l सरहरूसँग वार्तामा बस् र यो विशेष परिस्थितिको फाइदा उठाऊ l शिक्षकहरू राजनधानी आएको अवसरलाई समस्याको चुरो फुकाउने समयमा परिणत गर l सङ्घीयताको अभ्यास गलत भएको कारण आफ्नो माग र मुद्दा बोकेर सरहरू केन्द्र धाउनु परेको कुरा समरण गराऊ l शिक्षकहरूको यो विनम्र तागत र ऊर्जालाई छुवाछुत अन्त्यको राष्ट्रिय दायित्वसँग जोडेर छुवाछुत अन्त्य अहिल्यै, मैले र मेरै पहलमा भन्ने प्रतिवद्दता गर्न लगाएर आआफ्नो कार्यक्षेत्र पठाऊ l सरकार भनेको शिक्षक कर्मचारी आफै पनि हो, समाजको विकृति, र कुप्रथा उन्मुलनको नैतिक दायित्व उसको पनि हुन्छ l शिक्षकको मर्यादा र सम्मान सबैले गरौ झन् शिक्षक आफैले आफ्नो मर्यादा राख्न जरुरी छ l शिक्षासँग शिक्षकको नैतिकता पनि जोडिएर आउँछ l शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै यथाशीघ्र माग पूरा गरी शैक्षिक र सामाजिक गतिविधिमा फर्काउन जोडदार माग गर्दछ l
akabarey.com
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...