नेपाल शिक्षक महासङ्घले पठनपाठन ठप्प पार्दै आजदेखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने
काठमाडौँ असोज, ३
नेपाल शिक्षक महासङ्घ आज (बुधबार)देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । महासङ्घले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुने बुधबार बिहान ११ बजे माइतीघर मण्डलमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।
पटकपटक सरकारसँग सहमति र वार्तामा बसेपनि विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासङ्घको आरोप छ । महासङ्घले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् । महासंघले देशभरिका सबै विद्यालय बन्द गरी काठमाडौँमा सडक आन्दोलन सञ्चालन गर्न लागेको हो ।
akabarey.com टिप्पणी : आफ्नो अधिकारको लागि आगो बाल्ने सरहरूले कर्तव्यको झुलो चकमक मात्र ठोसिदिए पनि धेरै हुनथ्यों l
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l