महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको- धनराज गुरुङ
नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको बताएका छन् ।
शेखर कोइरालाको सचिवालयमा बसेको इतर पक्षका नेताहरूको बैठकमा गुरुङले भने,‘दाम्लोले बाँधेर ल्याउने काम गर्नुहुँदैन । ल्याएपनि उनीहरू दाम्लो चुँडालेर भागिहाल्छन् । आउने साथीहरू आफैँ आउँछन् । हामीले कसैलाई तानेर ल्याउने कुरामा लाग्नुहुँदैन ।’ संस्थापन पक्षका केही नेताहरू आफ्नो सम्पर्कमा रहेको पनि गुरुङको भनाइ छ ।
समूहमा नयाँ मान्छे जोड्ने कुरासँग जिम्मेवारी दिने कुरामा लड्नुपर्ने उनले बताए । 'महिला संघ तरुण दलमा हाम्रा मान्छेलाई रोक्ने काम भयो । हाम्रो भित्रैबाट पनि भयो । विभागमा पनि हामीलाई आफ्नो पोजिसन क्लियर पार्नुपर्छ ,'उनले भने ।
कानुनमन्त्री समेत रहेका गुरुङले सरकारबारे ब्रिफिङ सुनाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुशासनका पक्षमा उभिन आफूले निरन्तर दबाब दिइरहेको उनले बताए । कानुनमन्त्री गुरुङले न्यायाधीश नियुक्तिको प्रशंसा भएको बताए ।
उनले भने,'१५ वर्षपछि सही मान्छेलाई न्यायाधीश नियुक्त गरिएको भनेर प्रशंसा भएको छ । न्यायाधीशलाई पेन्सनको व्यवस्था गर्ने कुरा पनि भएको छ। '
पार्टी सभापति शेरबहादुर देउवाले काम कारबाहीमा हस्तक्षेप गरिरहेको पनि उनले बताए । उनले भने, 'न्यायाधीश नियुक्तिमा सभापतिजीले फोन गरेर यो मान्छे राम्रो छ भन्नुहुन्थ्यो । तर मैले हुन्छ भनेपनि सबै हेरर मात्र काम गरेको छु।'
सरकार सञ्चालनमा पार्टी मान्छे पर्छन् भनेर कांग्रेसबाटै खुट्टा तान्ने काम भएको उनको गुनासो छ । 'हामीले यो सरकारलाई काम गरेन भन्नू भएन । काम गर्नु दिनुपर्छ', उनले भने,'भुटानी शरणार्थी प्रकरणमा वेतन झालाई पक्राउ गर्न सकिएको भए धेरै कुराको पर्दाफास हुने थियो । तर, उनलाई पक्राउ गर्न दिइएन ।'
समूहको बैठकमा आउन शेखर कोइरालाले फोन गरेर महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमा निर्वाचन लडेका नेता प्रदीप पौडेललाई समेत आमन्त्रण गरेका थिए । कोइरालाले फोन गर्दा दुवै नेताले सकारात्मक जवाफ दिएपनि प्रदीप चीन गएकाले बैठकमा आएनन् भने विश्वप्रका शर्माले आफू नआउने सन्देश पठाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...