नारायण चौरमा संविधान दिवस मनायो एमालेले
काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको ।
काठमाडौं, असोज,३
नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको छ l
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए । आज बुधवार बिहानैदेखि नारायण चौरमा सेल्फी खिचाउने युवायुवतीको भिड छ ।
नारायण चौर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले पनि सेल्फी खिचाएका छन् ।
नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठुलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् । नारायण चौरलाई विशेष आकर्षक बनाएर सजाइएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...