पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा हवाई खेलकुद संस्थालाई
पोखरामा प्याराग्लाइडिङ उडानको स्लट व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ ।

साउन, काठमाडौं । पोखरामा प्याराग्लाइडिङ उडानको स्लट व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्थालाई अधिकार प्रत्यायोजन गर्दै यस्तो जानकारी गराएको हो । यो प्याराग्लाइडिङ सञ्चालकहरुको संस्था हो ।
२० साउनमा संस्थालाई पत्र लेख्दै प्राधिकरणले पोखरामा सञ्चालन हुने प्याराग्लाइडिङ उडानका लागि हरेक उडानको स्लट व्यवस्थापन प्रभावकारी हुने गरी (पालै पालो) समय तोक्न निर्देशन दिएको हो । यो नियम प्याराग्लाइडिङ कम्पनीले नमाने वा संस्थाले नगरेमा कारवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
पोखरामा प्याराग्लाइडिङको अनुगमन, नियमन र यससँग सम्बन्धित व्यवस्थापन गर्ने कामको अधिकार प्राधिकरणले यो संस्थालाई प्रत्यायोजन गरेको छ ।
परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।
यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ ।
नेपाल र नेपालजस्तै देशका हिमाली क्षेत्रहरू जलवायु सङ्कटका कारण सबैभन्दा बढी मर्कामा छन् ।