गजल - निर्बलहरूमा बल देख्नुपर्छ

गजल
- सरोज धिताल
निर्बलहरूमा बल देख्नुपर्छ ।
खराबमा पनि असल देख्नुपर्छ ।।
बाहिरी दुनियाँले जे पनि भन्छन् ।
मनभित्रको चहलपहल देख्नुपर्छ ।।
सधैँ सुख नसिब हुँदै हुँदैन हेर,
कुटीलाई पनि महल देख्नुपर्छ ।।
जे देखियो त्यो मात्र सत्य हुँदै होइन ।
वायुमण्डलको जल देख्नुपर्छ ।।
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्
साथी ! तिमीले नचाहँदैमा के नै फरक पर्छ र ! देशले त साँच्चै यहाँ ठूलै परिवर्तन चाहेको छ ।
सम्हाल्नै सकिन मैले सम्हाली देऊ सीसाझै टुक्रिएर चाहना छरिएका छन् ।l