एक सय दुई वर्षका कृष्णदत्त पन्तले ८ दिनसम्म निराहार व्रत (अन्न र जल त्याग ) गर्दै इच्छा मरण

कञ्चनपुर,भाद्र,३०
पत्रकार डिआर पन्तका बुवा कृष्णदत्त पन्तकोको १०२ वर्षको उमेरमा (शुक्रबार) निधन भएको छ । संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता, सुदूरपश्चिमका होनहार व्यक्तित्व, शताब्दी पुरुष कृष्णदत्त पन्तको निधन एउटा रहस्यको विषय भएको छ,रहस्य यस मानेमा कि उहाँले इच्छा मरणको कष्ट रोज्नु भयो र ८ दिनसम्म निर्जल, निराहार व्रतबसेर इहलोक छोड्ने अठोट पूरा गर्नु भयो l डडेल्धुरा पुर्ख्यौली घर भएका पन्त हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्दै आउनु भएको थियो । जनैपूणिर्माको दिनबाट शास्त्रीय देहत्यागका लागि इच्छा मरण चाहेर ८ दिनदेखि अन्न र जल लगायत सबै खाद्य पदार्थ त्याग गर्नु भएका पन्तको भाद्र, २९ शुक्रबार इच्छा मरण भएको छ l
इच्छामरण मृत्युको अलि बेग्लै आकारको विधि हो । चलनचल्तीमा नभएकाले नयाँ नौलो पनि लाग्नसक्छ तर इच्छामरणको बारेमा हाम्रा पुर्खाहरूले पनि चर्चा गरेका छन् । पौराणिक ग्रन्थमा इच्छामरणका प्रसंगहरू छन् । हालसालकै कुरा गर्ने हो भने गलेश्वर बाबाले इच्छामरण वरण गरेको कुरा चर्चामा छ ।
वर्तमानमा पनि सांसारिक कोलाहलबाट टाढा रहेका तपस्वीहरूले इच्छामरण विधि अवलम्बन गरिरहेका हुनसक्छन् ? सर्वत्र त्यो थाहा नहुन सक्छ l यस्तै शास्त्रीय विधि अवलम्बन गरेर कन्चनपुरमा कृष्णदत्त पन्तले आफ्नो भौतिक देह बिसाएको खबरले खुल्दुली र आश्चर्य पैदा गरेको छ l
इच्छा मरण बारे रामबाबु घिमिरेको धारणा यस्तो छ : 'अवस्थामा पुग्न पूर्ण रूपले निस्पृह भइसक्नुपर्छ । मनमा कुनै कामना वासना हुनु हुँदैन । दीर्घ जीवन बिताएपछि, शरीरका अवयवहरू शिथिल भैसकेपछि, सांसारिक कुनै पनि आकर्षण सकिएपछि शान्त मनले सोच्दा मृत्युवरण गर्ने इच्छा भएमा इच्छामरण विधि अवलम्बन गर्न सकिन्छ, इच्छामरण सहज पहुँचको विषय होइन । तप साधनाबाट मात्र त्यस्तो सिद्धि प्राप्त गर्न सकिन्छ l'
स्वर्गीय कृष्णदत्त पन्तका सार्वजनिक संजालमा भेटिएका केही तस्बिरहरू हामीले यहाँ राखेका छौ l शास्त्रीय विधिबाट इच्छा मरण गरेका व्यक्तिको जीवन रहँदाका केही र जीवन समाप्तिपछिको एउटा तस्बिर यहाँ प्रस्तुत छ :
akabarey.com परीक्षण प्रसारणमा छ l
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...