सुवास नेम्वाङ्गको अन्त्यष्टि हिन्दु र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि गरिने

दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज आइपुगेका हुन् ।
स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरूको विवाह भएको छैन । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।
कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । उनी केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए । बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन् । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए । छोरीहरूले उनलाई अस्पताल पुर्याएका हुन् ।
नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ । हिन्दु र लिम्बू दुवै परम्परा मिश्रण गरेर पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने पारिवारिक स्रोतले जानकारी दियो । सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिइएको छ ।
akabarey.com परीक्षण प्रसारणमा छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...