विश्वका सय उदीयमान नेताको सूचीमा बालेन शाह- टाइम म्यागेजिन
टाइम म्यागेजिनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सन् २०२३ मा सय उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो ।
म्यागेजिनले स्वतन्त्र उमेदवार बनेर ३३ वर्षीय बालेनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको उल्लेख गरेको छ ।
बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरिएको छ । बालेनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याएको टाइम म्यागेजिनको भनाइ छ ।
टाइम म्यागेजिनले सहरका अवैध संरचना भत्काइरहेको विषयको प्रशंसा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...