विश्वका सय उदीयमान नेताको सूचीमा बालेन शाह- टाइम म्यागेजिन

टाइम म्यागेजिनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सन् २०२३ मा सय उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो ।
म्यागेजिनले स्वतन्त्र उमेदवार बनेर ३३ वर्षीय बालेनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको उल्लेख गरेको छ ।
बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरिएको छ । बालेनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याएको टाइम म्यागेजिनको भनाइ छ ।
टाइम म्यागेजिनले सहरका अवैध संरचना भत्काइरहेको विषयको प्रशंसा गरेको छ ।
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...