राप्रपाको शक्ति प्रदर्शन - राजसंस्था पुनर्स्थापनाको माग
काठमाडौं, भाद्र, २७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रर्दशन गरिरहेको छ । हिन्दू राष्ट्र, राजसंस्था पुनस्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्या विरोध गर्दै भृकुटीमण्डपमा प्रदर्शन गरिएको हो । राप्रपाद्वारा आयोजित जनप्रदर्शन तथा विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने उद्घोष गरे ।
र्यालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बालुवाटार प्रकरणको नाइकेहरूलाई पक्राउ नगरेसम्म देशभर आन्दोलन हुन्छ, सुन काण्डका मुख्य दोषी पक्राउ गर्नुपर्छ ।
शरणार्थी प्रकरणका मुख्य नाइकेहरूले उन्मुक्ति पाइरहेका छन् । साथसाथै विभिन्न भ्रष्टाचारको काण्ड छन् । त्यो अन्त्य नभएसम्म रोकिँदैन ।’
akabarey. com परीक्षण प्रसारणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...