प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी

काठमाडौँ, भाद्र ,१२
सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का केही बुँदाहरूप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले फौजदारी अभियोगमा राजनीतिक आवरण दिई उन्मुक्ति दिनेलगायतका विषयहरूप्रति आपत्ति जनाएका हुन्। उनीहरूले केही नेपाल संशोधन ऐनमार्फत् धेरै कानुन संशोधनका लागि ल्याउन नहुनेमा जोड दिएका थिए।
नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसदलाई हेपेर गोलमोटल रूपमा नेपाल ऐनलाई संशोधन गर्न अघि बढाइएको आरोप लगाएका छन्। उनले जघन्य अपराधमा संलग्नलाई जोगाउनेगरी ल्याइएको प्रावधान स्वीकार्य नहुने बताए। यसअघिको सरकारले लेखेको ड्राफ्टको भारी नबोक्न कानुन मन्त्रीलाई उनले सुझाव दिए। थापाले संसदलाई पेलेर बहुमतका आधारमा विधेयकलाई अघि बढाउन खोजे नयाँ ढंगले कुराको सामनाका लागि तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिए। सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का केही बुँदाहरूप्रति आपत्ति जनाए।
त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय थयास्थितिमा पारित गर्न नहुने बताए। विधेयकमा रहेका विषयमा थप छलफल तथा संशोधन गरी विधेयक अघि बढाउनुपर्ने उनले बताए।
त्यस्तै एमाले सचेतक महेश बर्तौलाले एकैपटक धेरै विषय एउटै विधेयकमा राखेर संशोधन गर्दा कानुन निर्माणका सबै पक्षमा ध्यान पुग्न नसक्ने तर्क गरे। उनले फौजदारी प्रकृतिका घटनाहरूलाई पनि विधेयकमा हल्का ढंगले राखिएको भन्दै आपत्ति जनाए। विभिन्न ७९ कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो।
akabarey.com परीक्षण प्रसारणमा छ l
आइतबार काठमाडौंको आम्रपाली वैंकेटमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुन: अध्यक्षमा सर्वसम...
एमालेले आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्व बताउने अवसरको रूपमा सेलिब्र...
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्...